• मंगलबार ७-६-२०८१/Tuesday 10-22-2024
बिश्व

मृत भनिएकी मोडल पाण्डे जीवित,जनचेतना फैलाउन पब्लिसिटी स्टन्ट गरेको खुलासा

काठमाडौं । भारतीय मोडल मृत भनिएकी पुनम पाण्डे जिउँदै छिन् । सामाजिक सञ्जालमा अर्को भिडियो सेयर गर्दै पुनमले सबैसँग माफी समेत मागेकी छिन् । 

 

 

पान्डेको आधिकारिक इन्ष्टाग्राम पेजमा उनको फेब्रुअरी १ को राति मृत्यु भएको भनिएको थियो । शनिवार सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडिओ सन्देश जारी गर्दै उनले भनिन्, "म तपाईँहरू सबैसँग केही महत्त्वपूर्ण कुरा शेअर गर्न आवश्यक ठान्छु। म जीवित छु।"

 

एक दिनअघि पुनम पाण्डेको आधिकारिक इन्स्टाग्राम ह्यान्डलबाट पाठेघरको मुखको क्यान्सरबाट उनको मृत्यु भएको खबर आएको थियो।

 

शनिवार पोस्ट गरिएको भिडिओमा पुनम पाण्डेले भनेकी छन्, "आउनुस् जनचेतना फैलाएर एक अर्कालाई सजग बनाऔँ र प्रत्येक महिलालाई आवश्यक कदमहरूबारे जानकारी गराउने कुरा सुनिश्चित गरौँ। यो रोगको विनाशकारी प्रभावलाई अन्त्य गर्न मिलेर काम गरौँ।"

 

अन्तिम पटक पुनम बलिउड अभिनेत्री कंगना रनौतले होस्ट गरेको रियालिटी शो लक अपको पहिलो सिजनमा देखिएकी थिइन् ।  एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार