• मंगलबार ७-६-२०८१/Tuesday 10-22-2024
देश/प्रदेश

विजय विकास स्रोत केन्द्रको अध्यक्षमा सापकोटा

गैँडाकोट । विजय विकास स्रोत केन्द्रको अध्यक्षमा कृष्णप्रसाद सापकोटा चुनिएका छन् । गत शनिबार सम्पन्न ३८ औँ साधारण सभा तथा २३ औँ अधिवेशन केन्द्रको उपाध्यक्षमा खड्गजंग गुरुङ, सचिवमा डा. भूमिराज चापागाईं, कोषाध्यक्षमा सीता रिजाल, सहसचिवमा रेखा श्रेष्ठ निर्विरोध चयन हुनुभएको निर्वाचन आयुक्त नारायण सापकोटाले जानकारी दिनुभयो । 

 

त्यस्तै सदस्यहरुमा दिपनारायण सापकोटा, फेमिला सापकोटा, तिला वन सन्यासी, पूर्ण वि.क. र प्रेमप्रसाद सापकोटा चुनिएका हुन भने निवर्तमान अध्यक्ष पदेन सदस्य रहने प्रावधान अनुसार लक्ष्मी गौतम सदस्य रहेकी छिन् ।  

 

कार्यक्रममा दिर्घसेवा सम्मानबाट संस्थाका संस्थापक अध्यक्ष ऋषिराम सापकोटालाई सम्मानित गरिएको छ । त्यस्तै विजय वर्ष व्यक्तित्व सम्मानबाट उपाध्यक्ष कृष्णप्रसाद सापकोटालाई सम्मानित गरिएको थियो । विजय विकास स्रोत केन्द्रका सदस्यमध्ये उत्कृष्ट सदस्य माधवप्रसाद पौडेल र उत्कृष्ट कर्मचारीका रुपमा कमल कँडेललाई पुरस्कार सहित सम्मान गरिएको हो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार