• मंगलबार ७-६-२०८१/Tuesday 10-22-2024
प्रवास

नेपथ्य क्यानाडा भ्रमणको पहिलो शो क्यालगरीमा सम्पन्न

क्यालगरी ।सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ सम्पन्न भएको छ ।

 

सन् २०२२ मा ‘जीवन्त सहर’ (ग्लोबल लिभेबिलिटी) का लागि विश्वभरमै तेश्रो अनि उत्तरी अमेरिकाकै पहिलो बनेको क्यालगरीमा अघिल्लो दिनबाटै नेपथ्य माहोल अनुभूत गर्न सकिन्थ्यो । स्थानीय टेलिभिजन सिबिसी लगायतका सञ्चारमाध्यमहरुमा नेपाली गीत, नेपाली गायक र नेपाली प्रस्तोताका अभिव्यक्तिहरु देखापर्न थालेका थिए ।  

 


आइतबार बेलुकी शो सुरु हुनु भन्दा अगाडि त्यसैको निरन्तरतामा हल वरपर लामवद्ध दर्शक देखिए ।ती दर्शकहरु क्यालगरी मात्र नभइ अल्बर्टा राज्यकै एडमण्टन, लेथब्रिज, मेडिसिन ह्याट, ओकोटोक्स, क्यानमोर र ग्रेटनभ्याली लगायतका सहर र बस्तीदेखि नेपथ्यलाई अनुभव गर्न जम्मा भएको यहाँस्थित नेपाली समाजका सक्रिय अग्रज ध्रुव राइ बताइरहेका थिए ।

 

निर्धारित समयअनुसार बेलुकीको ठीक सातबजे प्यालेस थिएटरमा नेपथ्यको पहिलो भेट स्वरुप ‘सा कर्णाली’ म्यूजिक भिडियो गुञ्जिन सुरुभयो । दर्शकहरुबाट चर्को स्वागतकै बीच मञ्चमा नेपथ्य टोली देखापरेपछि भने त्यस साँझको पहिलो प्रस्तुती ‘कोशीको पानी यो जिन्दगानी’ सुनाइएको थियो ।

 

 

एक दसकअघि पूर्वी नेपालको पैदलयात्रा गर्दा गायक अमृत गुरुङले संखुवासभाको चैनपुरका डिल्ले दमाइबाट यो गीत संकलन गरेका थिए । त्यसपछि कार्यक्रमलाई नेपथ्यकै चर्चित गीतहरु क्रमशः ‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’, ‘आँगनैभरि’ र ‘खान्न म त लामपाते सुरती’ले निरन्तरता दिएको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार