• शुक्रबार १-२६-२०८२/Friday 05-09-2025
शिक्षा

सडकमै सुते राहत शिक्षक

काठमाडौं । राहत शिक्षकहरुले सडक आन्दोलनलाई सोमबार पनि निरन्तरता दिएका छन् । राहत शिक्षकहरुले आज काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म सडकमा प्रदर्शन गरेका हुन् ।

 

उनीहरुले ४० हजार राहत शिक्षक, बाल विकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरु आफूहरुसँग आन्दोलनमा रहेको बताएका छन् । उनीहरुले बानेश्वरमा सडकमा सुतेर विरोध जनाएका थिए ।

 

सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरुको माग सम्बोधन नगरेको उनीहरुको भनाई छ। राहत शिक्षकहरुले शिक्षक महासंघले धोका दिएको भन्दै आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन्।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार