• आइतबार १-२८-२०८२/Sunday 05-11-2025
स्वास्थ्य

स्वास्थ्य मन्त्रालयद्वारा औषधी पसलमा अनुगमन

काठमाडौं । स्वास्थ्य मन्त्रालयले सोमबार देशभरका औषधी पसलमा अनुगमन गरेको छ । मन्त्रालयले काठमाडौं उपत्यका लगाएत देशभरका औषधी पसलमा एकसाथ अनुगमन गरेको हो । 

 

काठमाडौंमा रहेका केहि औषधी पसलको अनुगमनमा औषधि व्यवस्था विभागका प्रतिनिधिसहित स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत निस्केका थिए । औषधि पसलमा म्याद गुज्रिएका औषधीहरु राखेको पाइएको थियो भने बेच्ने अनुमति नपाएका औषधीहरु पनि राखिएको भेटिएको छ ।

 

नमूना प्रति औषधी र म्याद गुज्रिएका औषधी भेटिएपछि ललितपुरमा एक औषधी पसललाई कारवाही समेत गरिएको छ । मन्त्री बस्नेतले औषधी पसललाई व्यवस्थीत गर्न र जिम्मेवार बनाउनका लागि सरकारले अनुगमन गरेको जानकारी दिए। उनले अनुगमनपछि आएको प्रतिवेदनका आधारमा कारवाही प्रक्रिया अघि बढाउने भन्दै निरन्तर अनुगमन जारी रहने बताए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार