• शनिबार १-८-२०८१/Saturday 04-20-2024
अर्थ

बजेटमा सवारी एसेम्बल उद्योगलाई प्रोत्साहित गर्न नाडाको माग

काठमाडौं । सरकारले ल्याउन लागेको बजेटमा सवारी साधन एसेम्बलिङ्ग उत्पादन उद्योगहरुलाई दिइदै आएको महशुलमा छुट लगायत नीतिगत सुविधाहरुलाई कटौटी गर्न लागेको विषयमा नाडाले आपत्ति जनाएको छ।

 

 

नाडाले धेरै समय अघिदेखि राख्दै आएको मागलाई दृष्टिगत गर्दै सरकारले नेपालमा सवारी साधनहरुको एसेम्बली उद्योग स्थापनाका लागि नीजि क्षेत्रलाई आकर्षित र प्रोत्साहित गर्न त्यसमा लाग्ने महशुलहरुमा विभिन्न छुट र नीतिगत सुविधाहरुको व्यवस्था गरेको मंगलबार विज्ञप्ति प्रकाशित गरी भनेको छ। यसैको फलस्वरुप नेपालमा ४ वटा दुई पाँग्रे सवारी साधनहरुको एसेम्बल उद्योगहरुले उत्पादन गरिरहेको, अरु दुईवटा उद्योगहरु तत्कालै उत्पादनको अवस्थामा रहेको र केही अरु यस्ता एसेम्बल उद्योगहरु खुल्ने तयारीमा छन ।

 

 

सवारी साधनको एसेम्बल तथा उत्पादन उद्योग स्वयम्मा धेरै पुँजी तथा लगानी चाहिने उद्योग हो ।नेपालमा नै सवारी साधनहरुको एसेम्बल उद्योग स्थापना हुदा सर्वसाधरण बर्गले समेत केही सस्तो मूल्यमा सवारी साधनहरु प्राप्त गर्ने मात्र नभई नेपालमा थप रोजगारी सिर्जना हुने र नेपालमा विदेशी प्रविधिको समेत हस्तान्तरण हुन गई नेपाली प्राविधिज्ञहरुको क्षमता विकासमा ठूलो सहयोग पुग्ने नाडाले उल्ल्ेख गरेको छ ।

 

 

'एसेम्वली उद्योगहरुले औद्योगिकरण र आर्थिक स्थिरता कायम गर्न ठूलो टेवा पु¥याई रहेको छ । एउटा एसेम्बल उद्योगको कारण त्यससंग आश्रित भएर कैयन अन्य उद्योगहरुको पनि स्थापना हुने
गर्दछ । अझ भनौ यसको क्षेत्र वहुआयामिक हुन्छ । अझ भनौ यसको क्षेत्र वहुआयामिक हुन्छ ।

 

सरकारले सवै नागरिकले सवारी साधन प्रयोग गरुन भन्ने उद्धेश्यले सोही अनुरुप नीतिगत प्रोत्साहनका प्याकेजहरु ल्याउदै जानु पर्नेमा थोरै बर्षको अन्तरालमा भएकै नीतिहरुलाई समेत पटक- पटक हेरफेर गर्दै जाने हो भने नेपालमा एसेम्बलिङ्ग उद्योग खुल्ने त कुरै छाडौ भएकै एसेम्बल उद्योगहरु पनि बन्द हुने अवस्था आउने छ।'विज्ञप्तिमा उल्लेख छ ।

 

 

सरकारले यस्ता तथ्यहरुलाई नजर अन्दाज गर्दै भएकै सुविधाहरुलाई समेत कटौती गर्ने नीति ल्याएमा त्यस्ता एसेम्बल उद्योगमा लगानी गरीरहेका उद्योगी व्यवसायीहरुको ठूलो लगानी डुब्ने मात्र नभई नेपालको ओद्योगिकरणको दौड पनि अझै पछाडी पर्ने निश्चित भएको नाडाको भनाइ छ ।



 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार