पीडा उत्सव

तिमीलाई नसम्झनु म रिक्तिनु हो
जीवन रिक्तिदै बाँच्नु
मुटु दुख्दै स्मृतिमा बग्नु रहेछ।
सायद,
आफूलाई खोज्दै आफै भागीरहेछु
आडम्बरको पासोमा अल्झिएर
मान्छे हुनुको बाध्यतामा।
यसबेला
म तिम्रो सभ्झनामा
तिम्रै यादको विष पिएर
पीडा उत्सव मनाइरहेछु
तिमीलाई विर्सने बाहनामा ।
प्रतिकृया दिनुहोस