• शुक्रबार १-२६-२०८२/Friday 05-09-2025
डबली

व्यवहार

राजनीतिमा समयले कोल्टो फेर्दै गयो 
हेर्दाहेर्दै नेताज्यूको व्यवहार अर्कै भयो

  

भोट माग्दा त्यागि भन्दै लगाएथे नारा
आजकल त पुर्ण रुपमा देख्छु फरक पारा

 

भेटै पिच्छे भन्न थाले राजनीति भो गाह्रो 
पार्टी चलखेल जिम्मेवारी थोपरियो साह्रो

 

कुर्सी धान्न चाहियो रे गुटको पक्ष पोषण   
त्यसका लागि चाहिने भोे धन आर्जन र शोषण

 

ढुक्कसंग भन्ने गर्छन व्यवहारले तान्यो 
नोटको बिटो समाउने आदतले हान्यो

 

आवश्यक झैं देखिनगो आर्थिक हतियार
संस्कृति नै बन्न गयो भ्रष्ट मतियार 

 

अर्को चुनाव जित्न पनि धनै चाहिन्छ रे
परिस्थीति बदलिए छि कसको के लाग्छ रे ।।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार