• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
स्वास्थ्य

थप २ सय १३ जनामा कोरोना पुष्टि, ३ संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रिय संक्रमितको संख्या ७ हजार १५६ पुगेको छ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६३२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

पछिल्लो २४ घण्टामा देशभर ३ सय १५ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख २ हजार ४७ पुगेको छ ।

 


यस्तै पछिल्लो २४ घण्टामा थप ३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५२१ पुगेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार