• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
राजनीति

पत्रकार शिवाकोटीले गरे कांग्रेस केन्द्रीय सदस्यमा उठ्ने घोषणा

काठमाडौं ।   नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। कांग्रेसको हालै सम्पन्न प्रतिनिधिसभा क्षेत्रीय निर्वाचनमा उनी दोलखाबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए।

 

 काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शिवाकोटीले खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।कांग्रेसको पूर्णकालीन राजनीतिमा प्रवेश गरेसँगै आगामी दिनमा आफू कार्यरत मिडियाको सम्पादकीय नेतृत्वबाट अलग भएको र युनियनको राजनीतिमा समेत नफर्कने उनले बताए ।

 

कांग्रेसमा खुलातर्फ ३५ जना केन्द्रीय सदस्य पदका लागि निर्वाचन हुने विधानको व्यवस्था छ। मनोनित ३३ सहित विभिन्न कलष्टरबाट केन्द्रीय सदस्य निर्वाचित हुँदै समग्रमा १६८ सदस्यीय कांग्रेस केन्द्रीय समिति बन्छ।कांग्रेसको १४औँ महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार