७ जनाको मृत्यु, थप ९७५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौंं । नेपालमा पछिल्लो २४ घण्टामा ९७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार ८१ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा सो संख्या पुष्टि भएको हो ।
यस्तै, तीन हजार ४०७ वटा एन्टीजेन परीक्षण गर्दा ३०७ जनाको कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा एक हजार २६२ जना कोरोनामुक्त भएको जनाएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा सात जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ । हालसम्म ११ हजार १०३ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा तीन लाख १२ हजार ८७४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस