• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
स्वास्थ्य

थप १५११ जनामा कोरोना भाइरस संक्रमण, ११ जनाको मृत्यु

काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ  ।

 

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  १ हजार ६८९ जना निको भएका छन् ।  अहिलेसम्म  ७ लाख ४५ हजार २१५ जना संक्रमणमुक्त भएका छन् । 

 

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ  । नेपालमा कोरोना संक्रमणका कारण  मृत्यु हुनेको संख्या ११ हजार पुगेको छ ।

 

हाल देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७७२ जना रहेको मन्त्रालयले उल्लेख गरेको छ  । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार