• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
स्वास्थ्य

मन्त्रालयद्वारा देशभरका ११८ अस्पताल र स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा बस्न निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका १ सय १८ अस्पताल र स्वास्थ्य संस्थाहरूलाई निपाह भाइरसको परीक्षणका लागि तयारी अवस्थामा बस्न निर्देशन दिएको छ ।

 

मन्त्रालयले भारतको केरलामा देखिएको निपाह भाइरस नेपालमा पनि फैलने जोखिम भएको भन्दै  स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा बस्न भनेको हो ।

 

मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलले चमेराबाट सर्ने यस रोग प्राणघातक रोग मानिसबाट मानिसमा पनि सर्ने जोखिम रहेकाले सबै सचेत हुनेपर्ने बताएका छन ।

 

 शरीरको तरल पदार्थबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले सर्तकता अपनाउनुपर्नेमा जोड दिएका छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार