• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
स्वास्थ्य

काठमाडौंमा भेरोसेल खोप आजबाट लगाइँदै

काठमाडौं । काठमाडौं महानगरपालिकामा आज पुनः भेरोसेल खोप लगाइने भएको छ । 

 

५० वर्ष र ५० वर्षभन्दा माथि उमेर भएका तर  पहिलो मात्रा खोप लगाउन छुटेकाहरुलाई आज खोप लगाउने व्यवस्था मिलाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ । 

 

काठमाडौँ महानगरपालिकाका सबै ३२ वटै वडाअन्तरगत तोकिएका खोप केन्द्रहरुमा भेरोसेल खोप लगाइनेछ। खोप बिहान १० बजेदेखि साँझ ५ बजेसम्म लगाइनेछ। यसका लागि केही खोपकेन्द्रहरुमा खोप लाउनेहरुको लामो लाइन बिहानैदेखि सुरु भइसकेको छ ।

 

यस्तै विदेश जाने युवाहरु लगायत अन्य उमेर समूहका र प्राथमकितामा परेका समूहले पनि खोप पाउनेछन् । खोप लाउनका लागि नागरिकताको प्रमाणपत्र, पासपोर्ट, सवारी चालक अनुमति पत्रमध्ये जुनसुकै परिचय खुल्ने कागजपत्र लिएर जानुपर्नेछ । ती कागजात साथमा नहुनेले वडाको सिफारिश लिएर जान महानगरपालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार