• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
स्वास्थ्य

कांग्रेस नेता जोशीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै

काठमाडौं । नर्भिक अस्पतालमा  मष्तिष्कघातपछि  उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

 

जोशीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको हो । नेता जोशीको अवस्थामा सुधार भएपछि हिजो बिहानबाट भेन्टिलेटरको फूल सपोर्ट हटाई भेन्टिलेटरको सपोर्ट लगातार कम गर्न थालिएको उपचारमा संलग्न न्यूरो सर्जन डा.राजीव झाले जानकारी दिए ।

 

‘सोमबार बिहानदेखि उहाँले आफैंले सास फेरिरहनुभएको छ । मेसिनले सास फेराउनु परेको छैन’, डा। झाले भने ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार