• बुधबार १-२६-२०८१/Wednesday 05-08-2024
देश/प्रदेश

गणक तथा सुपरिवेक्षकको तालिम शुरु

काठमाडौं । अर्थ मन्त्रालय र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी असार मसान्तभित्रमा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्य सम्पन्न गर्ने निर्णय गरेसँगै स्थानीय तहहरुले सुपरिवेक्षक तथा गणकहरुको लागि तालिमको ब्यवस्था गर्न थालेका छन् । 

 

आज सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले ७ जना गणक तथा १ जना सुपरिवेक्षकलाई तथ्याङ्क संकलन गर्नका लागि आवश्यक पर्ने सामाग्री वितरण गरे ।

 

गणकहरुले गाउँपालिकाका सबै गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण गर्नका लागि तथ्याङ्क संकलन गर्ने कार्य शुरु गरिएको गाउँपालिकाका सुचना अधिकारी मनोज दंगालले जानकारी दिए ।

 

वितरण गर्दै गाउँपालिकाका अध्यक्ष तामाङले गरिब घरपरिवार परिचय पत्रले लक्षित एवं विपन्न वर्गलाई राहत, सहुलियत, रोजगारी, सामाजिक सुरक्षा लगायतमा विशेष सहयोग पुग्ने बताउँदै शुभकामना दिएका थिए । 

 

कार्यक्रमले गरिब तथा विपन्न वर्गलाई लक्षित गरी विभिन्न निकायबाट सञ्चालित कृषि कर्जा, सहुलियतपूर्ण व्याज, कृषिका लागि अनुदान, स्वास्थ्य उपचार, शिक्षामा सहुलियत लगायतका कार्यक्रमहरुको प्रभावकारिता अभिवृद्धि हुने गाउँपालिकाका विश्वास रहेको छ । 

 

यस्तै भोली मेलम्ची नगरपालिका, इन्द्रावति गाउँपालिका, पाँचपोखरी थाङ्पाल गाउँपालिका र हेलम्बु गाउँपालिकाका गणक तथा सुपरिवेक्षकलाई जिल्ला समन्वय समितिको आयोजनामा तालिम सुरु गरिने सुचना अधिकारी दंगालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार