• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
स्वास्थ्य

थप ११२ जनामा कोरोना पुष्टि,४ संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११२ जनामा कोरोना  संक्रमणको पुष्टि भएको छ । जसमा महिलाको संख्या ४४ र पुरुषको संख्या ६८ रहेको छ।

 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ९८४ पुगेको छ । त्यस्तै २४ घण्टामा ५४ जना संक्रमणमुक्त भएका छन् भने देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७० हजार २७ पुगेको छ ।

 

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ९ सय ३६ रहेको छ। यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ७१ रहेको छ। पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९४४ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २१ लाख ५७ हजार ५८० जनाको पीसीआर परीक्षण भएको छ ।

 

पछिल्लो २४ घण्टामा थप ४ संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ७१ पुगेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार