• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
स्वास्थ्य

थप १९४८ जनामा कोरोना संक्रमण पुष्टि,२८ जना सङ्क्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २६ हजार २६  पुगेको छ । सक्रिय संक्रमितको संख्या १६ हजार ६३९ रहेको मन्त्रालयले जनाएको छ ।

 

निको हुनेको संख्या दुई लाख ७ हजार ९९८ पुगेको छ । पछिल्लो २४ घण्टामा २८ जना कोरोना संक्रमितको मृत्यु भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ३८९ पुगेको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार