• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
राजनीति

कर्णालीका नेतालाई ओलीले भने, 'पार्टीको निर्णय मान्नुस्'

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीका नेताहरुलाई दुई अध्यक्षको निष्कर्ष मान्न निर्देशन दिएका छन्।

 

आज शनिबार दिउँसो सरकारी निवास बालुवाटारमा नेताहरुलाई बोलाएर कर्णालीको विवाद पार्टी केन्द्रले टुंग्याउने बताएका छन्। ओलीले दुई अध्यक्षले निकाल्ने निष्कर्ष मान्न निर्देशन दिएको एक नेताले बताए।

 

बैठकमा ओलीले पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग बसेर कसरी अगाडि बढ्ने भन्ने टुंगो लगाउने बताएका ती नेताले जानकारी दिए। बिहीबार नै उनीहरूलाई छलफलका लागि बोलाइएको भए पनि प्रधानमन्त्री ओलीले आजमात्रै समय निकालेका थिए । 

 

छलफलमा पार्टी महासचिव विष्णु पौडेल, सहइन्चार्ज यामलाल कँडेल, मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, प्रदेश अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायाप्रसाद शर्मा, केन्द्रीय सदस्यद्वय गुलावजङ्ग शाह र चन्द्रबहादुर शाही उपस्थित थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार