• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

असोज ५ देखि लामो दूरीको यातायात र आन्तरिक हवाई उडान सञ्चालन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले आगामी असोज ५ गतेदेखि आन्तरिक हवाइ उडान सुरु गर्ने भएको छ । त्यस्तै आज बसेको मन्त्रिपरिषद् बैठकले असोज ५ गतेदेखि सार्वजनिक यातायात (छोटो, मध्यम र लामो दूरीको) पनि सुरु गर्ने निर्णय गरेको छ । 

 

यस्तै बैठकले सरकारको प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई दिएको छ । आजको बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्ती गर्ने निर्णय भने गरेन ।

 

यस्तै सरकारले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सिफारिस गरेको छ। राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीन सदस्यमध्ये युवराज खतिवडाको पदावधि समाप्त भएपछि एक सिट ६ महिनादेखि रिक्त रहदै आएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार