• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

नेकपा स्थायी कमिटी बैठक शुरु, प्रधानमन्त्री ओली अनुपस्थित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित छन् ।

 

मंगलबार बिहान ११ बजे बस्ने भनिएको बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले स्थगित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायत व्यक्ति बालुवाटार पुगेर बैठक सुरु गरेका हुन् ।

 

अध्यक्ष दाहालको अध्यक्षतामा सुरु बैठकमा नियमित एजेण्डामा छलफल सुरु भएको सहभागी नेताहरुले बताएका छन् । सहमतिको लागि एक महिनासम्म भएको प्रयास पनि सफल नभएपछि नेकपाको विवाद झन् जटिल बन्दै गएको छ ।

 

ओलीले बैठक स्थगित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बैठक राख्ने भन्दै बालुवाटार पुगेका थिए । बालुवाटारमा बैठक सुरु गर्ने तयारी भएपनि नेताहरु नजुटेपछि प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनाल अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका थिए । प्रचण्ड र खनाल ओलीलाई भेटेर फर्किएपछि स्थायी कमिटी बैठक सुरु भएको हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार