• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
स्वास्थ्य

कलेज अफ मेडिकल साइन्सेज भरतपुरका प्रमुख कार्यकारी निर्देशक सहित चार पक्राउ 

चितवन । कलेज अफ मेडिकल साइन्सेज भरतपुरका प्रमुख कार्यकारी निर्देशकसहित चारजना पक्राउ परेका छन् । उनीहरुलाई नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले आज साँझ पक्राउ गरेको हो ।

 

कलेजका निर्देशक मनोहर प्रधानका अनुसार एक वर्षअघि गरिएको मिर्गौला प्रत्यारोपणका विषयमा प्रमुख कार्यकारी निर्देशक डा सुप्रभात श्रेष्ठ, डा बालकृष्ण कालाखेती, जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकाल र कानूनी सल्लाहकार रमेश काफ्लेलाई सोधपुछका लागि ब्यूरोले नियन्त्रणमा लिएको छ । कलेजको मानव अङ्ग प्रत्यारोपण समितिमा पाँचजना सदस्य रहेका छन् । 

 

उनीहरुबाहेक समितिका सदस्य सर्जन डा राकेश बर्मा भने आज फेला नपरेको प्रहरी स्रोतले जनाएको छ । एक वर्षअघि काठमाडौँका एक पुरुषको मिर्गौला प्रत्यारोपणको विषयलाई लिएर उनीहरुलाई अनुसन्धान गर्ने भन्दै नियन्त्रणमा लिइएको हो । 

 

प्रत्यारोपण भएका व्यक्ति नेपाली भएको र सरकारका सबै मापदण्ड पूरा गरेर प्रत्यारोपण गरिएको भए पनि के कति कारणले नियन्त्रणमा लिइएको हो भन्ने प्रस्ट नभएको बताए । हालसम्म सो मेडिकल कलेजले चार जनाको मृगौला प्रत्यारोपण गरेको जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार