• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
स्वास्थ्य

कोरोनाबाट थप तीन जनाको मृत्यु, मृत्यु हुनेको संख्या ३८ पुग्यो

काठमाडौं । कोरोना संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ । काठमाडौंका दुई र सिन्धुपाल्चोकका एक जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालय जनाएको छ । 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौं महानगरपालिका १० शंखमुलका ६० वर्षका पुरुषको असार २६ गते मृत्यु भएको हो । फोक्सोमा पानी जमेको र मृगौला रोगको कारण असार १६ गते पाटन अस्पताल भर्ना भएको ती पुरुषमा १७ गते स्वाव संकलन गरी परीक्षण गर्दा  पोजेटिभ देखिएको थियो ।

 

यस्तै सिन्धुपाल्चोक पाँचपोखरी ६ का ४५ पुरुषको पनि २५ गते नै निधन भएको छ । असार १८ गते क्षयरोगको उपचारका लागि पाटन अस्पताल भर्ना भएका उनीमा २२ गते कोरोना पुष्टि भएको थियो । 

 

यता केएमसी अस्पताल सिनामंगलमा मृत्यु भएका एक जना पनि व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । गोकर्णका ५४ वर्षका पुरुषको उपचारको क्रममा असार २५ गते मृत्यु भएको थियो । असार २६ गते उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको केएमसी अस्पतालका निर्देशक डा।मुकुन्द राज जोशीले जानकारी दिए ।

 

मिर्गौलाको बिरामी ती पुरुषको स्वास्थ्यमा समस्या आएपछि १९ असारमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो। तर, शिक्षण अस्पतालको आइसीयू खाली नभएपछि उनलाई केएमसी रिफर गरिएको थियो । केएमसीको भेन्टिलेटरमा राखेर उनको उपचार गरिएको थियो। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार