• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
स्वास्थ्य

थपिए ७० कोरोना संक्रमित, संक्रमितको संख्या १६ हजार ७१९

काठमाडौं । आज २४ घण्टामा थप ७० कोरोना संक्रमित थपिएका छन् । 

 

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ७१९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।  

 

शनिबार थपिएका संक्रमितमध्ये काठमाडौंका ३ जना रहेका छन् । यसैगरी  धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्ला गरी ६ जिल्ला कोरोनाभाइरस संक्रमण मुक्त रहेको पनि गौतमले जानकारी दिए। 

 

बितेको २४ घण्टामा थप ४३१ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । योसँगै कोरोनाभाइरस संक्रमणमुक्त हुनेको कूल संख्या ८ हजार ४४२ पुगेको गौतमले बताए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार