• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
स्वास्थ्य

थप ११८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६६४९, देशभर ८०११ जना डिस्चार्ज

काठमाडौं । आज थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।

 

यो संगै कुल कोरोना संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ । यसमध्ये काठमाडौँ उपत्यकामा थप ४२ जना संक्रमित भेटिएका छन् । 

 

पछिल्लो २४ घण्टामा १२० जना डिस्चार्ज भएका छन् । योसँगै कूल ८०११ जना डिस्चार्ज भएका छन् । देशभरका २५ प्रयोगशालामार्फत ४ हजार ८०५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

 

हालसम्म देशभरबाट ४८ दशमलव १ प्रतिशत मानिसहरु अस्पतालबाट डिस्चार्ज भएका छन् ।  नेपालमा हालसम्म दुई लाख ७५ हजार ९५१ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार