• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
स्वास्थ्य

काठमाडौं थपिए पाँच संक्रमित, देशभर संक्रमितको संख्या १६ हजार ५३१ पुग्यो

काठमाडौं । आज १ सय ८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा थप १०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए ।  यो संगै कोरोना संक्रमितको कूल संख्या १६ हजार ५३१ पुगेको  छ । यस्तै काठमाडौंका ५ जनालाई  कोरोना पुष्टि भएको प्रवक्त गौतमा जानकारी दिए । 

 

हालसम्म कोरोना संक्रमितहरु उपचारपश्चात निको भएर ७ हजार ८ सय ९१ घर फर्केका छन् । पुर्वका तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला जिल्ला कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

 

यस्तै २५ प्रयोगशालाबाट बितेको २४ घण्टामा थप ४ हजार ५८८ जनाको सीसीआर विधिबाट नमुना परीक्षण भएको छ । क्वारेन्टिनमा २४ हजार ४२५ जना रहेका छन् भने आइसोलेशनमा ८ हजार ६०५ रहेका छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार