• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
स्वास्थ्य

काठमाडौँस्थित गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत ७ जनामा कोरोना पुष्टि, आकस्मिकबाहेक सबै सेवा ठप्प

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत ७ जना बिरामीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिरामीमा कोरोना पुष्टी भएपछि अस्पतालका आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ ।

 

उपचाररत बिरामी कोरोना पोजेटिभ देखिएकाले थप सतर्कता अपनाउनुपर्ने भएकाले अर्को व्यवस्था नभएसम्मलाई आकस्मिक बाहेक सबै सेवा बन्द गरिएको अस्पताल प्रशासनले सूचना मार्फत जनाएको छ ।

 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले बिरामीमा कोरोना भएको पुष्टि गरेका हुन । उनीरुको कन्ट्याक ट्रेसिङ गर्न बाँकी रहेको अस्पतालले जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार