• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
स्वास्थ्य

१८० कोरोना संक्रमित थपिए,संक्रमितको संख्या १५,९६४, कोरोना मुक्त हुनेको  संख्या ६,८११ 

काठमाडौं । कोरोना भाइरसका १८० संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १८० संक्रमित थपिएका हुन् । 

 

आजको संक्रमितको सख्या आजसम्मकै कम सख्या हो । यो संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १५ हजार ९६४  पुगेको छ । यसैगरी बितेको २४ घण्टामा थप २६४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

 

यो सँगै कोरोनाभाइरसमुक्त हुनेको कुल संख्या ६ हजार ८११ पुगेको छ । २५ प्रयोगशालाबाट बितेको २४ घण्टामा ४७२१ वटा स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।  देशभरका ७७ वटै जिल्लामा कोरोना भारसको संक्रमण फैलिएको छ । हालसम्म देशभरका २५ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।

 

पछिल्लो २४ घण्टामा ४  हजार ७२१ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका विभिन्‍न क्‍वारेन्टिनमा २९ हजार २१५ मानिसहरु रहेका छन् भने आइसोलसनमा ९ हजार ११८ कोरोना संक्रमितहरु रहेका छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार