• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
स्वास्थ्य

मेरा आखाँबाट : कोभिड–१९ ले मेरो जीवनलाई उलटपुलट पार्‍यो –१

काठमाडौं । फ्रेवुअरीमा कोरोना भाइरस इटालीमा प्रवेश गरे सँगै यो सुरुवात भएको हो । सुरुवातमा, हामी सबैले यसलाई कम आँकलन गरेको हो र राजनीतिक व्यक्तिहरुले यसलाई सामान्य ज्वरोको रुपमा लिदै मानिसलाई आव्हान गरे ‘इटाली कहिले रोकिदैन ।’ त्यसको केहि दिनपछि उनीहरुले महसुस गरे कि उनीहरुले ठुलो गल्ती गरेका थिए । 

 

मार्च १० मा जब म बिदा मनाएर फर्कें, मलाई ज्वरो आयो । यो ज्वरो त्यति चर्को थिएन, लगभग १००.०४ फरहनाइट र मन्त्रालयको निर्देशिका अनुसार मैले टोल फ्री नम्बरमा फोन गरि आफ्नो बारे भने र कोभिड—१९ लाग्यो कि भनी मेरो स्वाब चेक गर्न अनुरोध गरें । 

 

मैले आफ्नो जाँच लिइन किनभने म ‘रेड जोन’ मा थिइन र म कोरना भाइरस संक्रमित भएको मान्छेको अति नजिक थिइन । फोनमा उनीहरुले मेरो ज्वरो र अन्य लक्ष्यण जाच्ने कुरा गरे तर मानिसहरु त्रसित नहुन भनेर मसंग सम्पर्कमा भएका मानिसहरुलाई सतर्क गराउन जरुरी देखेनन् । म भित्र लक्षण धेरै देखिएमा भने उनीहरुलाई पनि  खबर गर्नुपर्ने बताए । इटालीमा अर्को दिन, लकडाउन सुरु भयो । कार्यालय र पसल बन्द गर्न लगाइयो, र कोहि पनि बिना महत्वपूर्ण कारण र अनुमतिपत्र घर छोडेर बाहिर निस्कन पाएन । एक अर्कालाई भेट्न बर्जित भयो र त्यसमाथी वृद्ध मानिसलाई अझ कडा रुपमा नियम लगाइयो । 

 

भाइरसले ठुलो नोक्सानी ग¥यो । हजारौं मानिसहरु उत्तरतीर मरे र यो महामारी नियन्त्रण बाहिर गयो । सडकहरु सुनसान भए र मानिसहरुले बजारहरु खाली छोडिदिए । यो युद्ध जस्तै देखिन थाल्यो, धेरै बुढो मान्छेहरुलाई ती नमिठो सम्झनाको याद आउने अवस्था भयो । 

 

केही छोटो समयमा नै, लक्ष्यणहरु हराए तर मानसिक रुपमा म पिडित भएँ किनभने मैले बाहिर जान, साथीहरु वा परिवारका अन्य सदस्यलाई भेट्न पाईन । मैले मेरो जीवनलाई पुन: ब्यवस्थित गर्नुपर्ने भयो – मैले काम गर्ने तरिका, अरुसंग काम मिलाउने तरिका । म निच्छित थिईन कि लकडाउनको अन्तिममा म सँग मेरो जागिर हुनेछ र यस कुराले मलाई त्रसित बनाउने गर्‍थ्यो । सबैकुरा एकदम परिबर्तन हुदै थियो र सबै मेरो स्थाहित्त्व अनिर्णयति भएको थियो ।

 

डाइगोनोसिसलाई पच्छ्याउँदा 
मार्च २० तीर, मेरो बुवा बिरामी हुनुभयो । उहाँलाई ज्वरो आयो र दुवीधामा हुनुभएको थियो । मेरो आमा, जो आँखा देख्नुहुदैन र बुवामा भर पर्नुहुन्छ, त्रासबाट पिडीत हुनु हुन्थ्यो । त्यो अवस्थासम्म मैले उनीहरुलाई भेट्न कहिले गइन किनभने मलाई थाहा थियो उनीहरु उच्च जोखिम उमेर समुहमा छन । तर उनीहरुलाई यो अवस्थामा यसै छोड्न नसक्ने हुँदा म बुवाआमा भएको ठाउँमा जान बाध्य भएँ । मेरो श्रीमती र छोरा म संगै आए ।

 

मैले तत्कालै टोल फ्रीमा फोन गरें र मेरो बुवाको स्वाब चेक गर्न अनुरोध गरें । तर उनीहरुले मानेनन् । मलाइ थाहा भएन मैले के गर्ने यस्तो बेला । भाइरसले सबैकुरा रोकिदिएको थियो देशमा, त्यसले अब के गर्ने थाहै भएन । सामान्य कुरा गर्न पनि असाधारण प्रयास गर्नु पर्ने भएको थियो । 

 

धेरै अफ्ठ्यारोपछि मैले एक चिकित्सक पाएँ जो मेरो घरमा आए । मेरो बुवालाई ब्रोनकाइटिस भएको थियो र उनलाई ओखती दिईएको थियो । उहाँले एकदम थकित महसुस गर्नुभयो र केहि खान मन गर्नु भएन । हामी सबैको लागि यो अवस्था एकदम कठिन थियो । 

 

अन्तिममा ज्वरो रोकियो, एकदम थकित महसुस गरेपनि एक दिनको लागि मेरो बुवालाई ठिक भयो । २४ मार्च, तल्लो पेटमा एकदम पिडा सहित बुवा उठ्नु भयो । हामीलाई लाग्यो यो आन्द्रामा केहि अड्केको कारण यस्तो भयो । हामीले फेरी चिकित्सक बोलायौं तर काम लागेन किनभने पीडा कम भएन ।  

 

त्यो रात मैले बुवासंग बिताएँ— दुख कम होला भनी उहाँको पछाडि र पेट मसाज गरिदिएँ । मैले निर्णय लिनु पर्ने थियो – यो अवस्थामा अस्पताल लग्नुलाई ठुलो डर सिर्जना गरिदिएको थियो तर घरमा यो सब कसरी ब्यवस्थित गर्ने मलाई थाहा थिएन ।

 

२५ मार्च बिहान, मैले बुवालाई आपतकालीन कोठामा लगें । त्यो नै अन्तिम पटक थियो मैले मेरो बुवालाई देखेको । उनीहरुले हामीलाई अस्पताल बोलाए अनि आन्द्राको  सिटिस्क्यान देखाए र कोभिड —१९ ले ल्याएको जटिल अवस्थालाई प्रस्ट पारे । 

 

त्यसपछिको समय भयंकर डरलाग्दो सपना जस्तो थियो । हामीलाई लकडाउनले बुवासँग भेट्न दिएन । बुवासँग सम्पर्कमा भएकोले हामी अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्‍यो । त्यो अवस्थामा हामीले पसल जाने वा फोहोर फाल्ने जस्ता काम गर्न पाएनौं । 

 

यो एकदम गाह्रो अवस्था थियो । एकातिर, बुवालाई भेट्न नपाउने र उहाँको स्वास्थ्य अवस्था बारे चिन्ता र अर्कोतिर मेरो परिवारको स्वास्थ्यको डर । संक्रमित हुनसक्ने बास्तविक सम्भावना हुँदाहुँदै, मैले स्वाव जाँच गर्न आग्रह गरें तर मेरो लक्षण नमिलेको हुँदा उनीहरुले जाच्न मानेनन् । 

 

म डराएको थिएँ र यो बेला के आशा गर्ने भन्ने पनि मलाई थाहा थिएन । यो भाइरस कुनै लक्षण नदेखाई कयौं दिन रहनसक्छ र एकाएक देखिन सुरु गर्छ । म मेरो प्रियजन र आफ्नै बारे बडो डराई रहेको थिएँ । 

 

लेखक : पाउलो फु 


अनुबाद : नारायण न्यौपाने  
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार