सुर्यास्त
अस्ताउँदो घाम पनि
कसरी टल्किन्छ झ्यालका सिसाहरुमा
कसरी पहेलै डढ्छन बादलहरु
कति सुनौलो चम्किन्छ प्रकाश
कसरी तिरमिर्याउँछ आँखा
छुन्छ हृदयको भित्री अँध्यारो
कति मिठो टल्किन्छ
साँझ टहल्नेहरुको निधार,
मैले माया गरेकी प्रियसीको कपाल
कसरी फरफराउँछन् पिपलका पातहरु
कति रमाउँछन् चारो खोज्न निस्केका चराहरु,
चारो कुरेर गुड पर्खेका चराहरु
आज मलाई घर फर्किन मन छ
के थाहा,
कुनै अर्को उज्यालो मलाई पर्खेर बसेको छ कि !
प्रतिकृया दिनुहोस