• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
खेलकुद

ला लिगामा रियल र बार्सिलोनाको दाबी, प्रिमियर लिगमा लिभरपुल पक्का  

काठमाडौं । रियल मड्रिड फेरि स्प्यानीस ला लिगाको शीर्ष स्थानमा उक्लेको छ । गए राति भएको खेलमा रियलले मालोर्कालाई २(० ले पराजित गर्दै अघि बढेको हो। रियलको घरेलु मैदानमा १९औं मिनेटमा रियलको रियलका भिनिसियल जुनियरले गोल गर्दै अग्रता दिलाएका थिए । त्यस्तै जित सुनिश्चित गर्न  कप्तान सर्गियो रामोसले ५६औं मिनेटमा फ्रि-किकमार्फत उत्कष्ट गोल गर्दै रियलको अग्रता दोब्बर पारेका थिए ।

 

यो जितपछि ३१ खेलबाट बार्सिलोना सगै समान ६८ अंक जोडेको रियल हेड टु हेडमा अघि रहँदै शीर्ष स्थानमा उक्लेको हो । रियलको जितपछि ला लिगाको उपाधि होड खुल्ला भएको छ । दुवै टोलीले अब लिगमा समान ७ खेल खेल्न बाँकी रहदा कसले उपाधि लाने हो भन्ने खुलदुली कायम रहेको छ । 

 

रियलसँग पराजित भए पनि मालोर्काका लुका रोमेरोल भने कीर्तिमान बनाए । ८३औं मिनेटमा इड्रिसु बाबाको स्थानमा मैदान प्रवेश गरि उनि ला लिगा खेल्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । उनले १५ वर्ष २१९ दिन हुँदा नै ला लिगामा डेब्यु गरेका हुन् । 

 

त्यस्तै आर्को खेलमा रियल सोसिडाड टिम सेल्टाभिगोसँग १-० ले पराजित भएको छ। सेल्टाको लागि आयगो असपासले एक मात्र गोल पेनाल्टीमा गरे । खराब प्रदर्शन कायम रहनु र लगातारको हारले सोसिडाडको शीर्ष चारमा रहने योजनामा धक्का लागेको छ ।
  

उता प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा क्रिस्टल प्यालेसलाई फराकिलो अन्तरले पराजित गर्दै लिग लिडर लिभरपुल उपाधि नजिक पुगेको छ । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले प्यालसलाई ४-० ले पराजित गरेको हो ।

 

लिभरपुलले खेलको दुवै हाफमा दुई-दुई गरेको थियो । २३औं मिनेटमा ट्रेन्ट अलेक्जान्डर आर्नोल्डले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए भने मोहम्मद सालाहले ४४औं मिनेटमा अग्रता दोब्बर पारे । फाबिन्होले ५५औं र साडियो मानेले ६९औ मिनेटमा गोल थपेपछि लिभरपुलले सहज जित हात पारेको हो । जितपछि ३१ खेलबाट लिभरपुलको ८६ अंक छ । लिभरपुललाई अब उपाधि जित्न एक जित मात्र आवश्यक छ ।  

 

तीन दशकपछि प्रिमियर लिग उपाधि जित्न लागेको लिभरपुलले दोस्रो स्थानको म्यानचेष्टर सिटीमाथि २३ अंकको अग्रता बनाएको छ । दोस्रो स्थानमा रहेको सिटीको ३० खेलबाट ६३ अंक छ।  सिटीले आज राति चेल्सीसँग स्टानफोर्ड ब्रिजमा खेल्दैछ । उक्त खेलमा चेल्सी विजयी भए लिभरपुल ७ खेल अघि नै च्याम्पियन बन्नेछ । लिभरपुलको अर्को खेल सिटीसँगै छ।

 

अर्को खेलमा म्यानचेष्टर युनाइटेडले सेफिल्ड युनाइटेडलाई ३-० ले पराजित गर्दै शीर्ष चारको सम्भावना कायमै राखेको छ । घरेलु मैदान ओल्ट ट्राफोर्डमा युनाइटेडका लागि एन्टोनी मार्सयले ह्याट्रिक गरे। उनले खेलको ७औं, ४४औं र ७४औं मिनेटमा गोल गरेका हुन ।

 

त्यस्तै म्यानचेष्टर युनाइटेडलाई पछ्याइरहेको वल्भ्सले बर्नमाउथलाई १-० ले पराजित गर्यो। वल्भ्सका लागि रहुल जिमिनेजले ६० औं मिनेटमा एक मात्र गोल गरेका थिए । अब उसको म्यानचेष्टर युनाइटेडको जस्तै ४९ अंक नै रहेको छ । गोल अन्तरमा भने वल्भ्स युनाइटेड भन्दा पछि छ ।

 

अर्कोतिर टालियन सिरी ए फुटबलमा इन्टर मिलान ३-३ गोलको बराबरिमा रोकिएको छ। बुधबार राति घरेलु मैदानमा भएको खेलमा मिलान १० खेलाडीमा समेटिएको थियो।मिलानका लागि रोमेलु लुकाकु, क्रिस्टियानो र बोर्जा भालेरोले एक एक गोल गरे भने सासुओलोका लागि फ्रान्सेस्को कापुटो, डोमेनिको बेरार्डी र मागनानिले एक एक गोल गरेका थिए। बराबरीसँगै मिलान २७ खेलबाट ५८ अंक जोड्दै तेस्रो स्थानमा यथावत छ । सासुओलोले समान खेलबाट ३३ अंकसहित १२ औं स्थानमा छ ।

 

दोस्रो स्थानको लाजियो हारेपछि शीर्ष स्थानको युभेन्ट्सको अग्रता ४ पुगेको छ। युभेन्ट्सले २७ खेलबाट ६६ अंक जोड्दा लाजियोको समान खेलबाट ६२ अंक छ। तेस्रो स्थानको इन्टरको ५८, चौथो स्थानको इन्टरको ५८ र पाँचौ स्थानको रोमाको ४८ अंक रहेको छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार