• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
स्वास्थ्य

थप २०१ जनामा कोरोना पृष्टि, संक्रमित संख्या २३००, मृत्यु हुनेको संख्या ९ पुग्यो

काठमाडौं । आज थप २०१ जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत प्रवक्ता डा. विकास देवकोटाले यस्तो अपेडट गराएका हुन् । 

 

आज थपिएका २०१ जना कोरोना संक्रमितमध्ये १९९ जना पुरुष र २२ जना महिला रहेका छन् । नेपालमा यो संगै संक्रमितको संख्या २३०० पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.देवकोटाले बुधबार धनकुटाका १, सप्तरीका १, ताप्लेजुङका ३, झापाका २, पाँचथरका १, सुनसरीका ७, पर्साका ७, दैलेखका ७, सल्यानका ३, मोरङका २, तेह्रथुमका १, सुनसरीका १, कैलालीका ३, डोटीका २, कपिलवस्तुका ६९, पाल्पाका २, रूपन्देहीका २७, महोत्तरीका ९, कालीकोटका ७, दाङका ५, प्युठानका २, धनुषाका १, काठमाडौं मेडिकल कलेज र टोखाका ३, नवलपरासीका ८, रौतहटका ११, सर्लाहीका १५, सिन्धुपाल्चोकका १ जना संक्रमित थपिएको जानकारी दिए। 

 

यस्तै नोभेल कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ  बुधबार कोरोना संक्रमित दोलखाका एक ७६ वर्षीय वृद्धको मृत्यु भएको हो । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको थियो। हेमोरेजिक स्ट्रोक (मष्तिष्कघात) भएपछि गत जेठ १३ गते काठमाडौं मेडिकल कलेजमा उपचाररत थिए । उनको जेठ १५ गते स्वाब परीक्षण गरिएको थियो ।

 

कोरोना संक्रमण पुष्टि भएपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा सिफ्ट गरिएको थियो । त्रिवि शिक्षण अस्पतालमा रहेका उनको बुधबार बिहान निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पुष्टि गरेका हुन् ।

 

अहिले देशभरि १ लाख ५५ हजार ८ सय ६८ मानिस क्वारेन्टिनमा रहेको प्रवक्ता देवकोटाले बताए ।  

 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार