• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
स्वास्थ्य

कर्णालीमा संक्रमितको संख्या २६२ पुग्यो

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस ९कोभिड(१९० संक्रमितको संख्या २६२ पुगेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको मंगलबार मध्याह्न १२ बजेसम्मको अद्यावधिक विवरणअनुसार अछामका सातसहित कर्णाली प्रदेशमा थप २९ संक्रमित पहिचान भएका हुन् ।

 

यो सँगै संक्रमितको संख्या २६२ पुगेको हो । महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीका अनुसार सुर्खेतको वीरेन्द्रनगर वडा नं १ का आठजना, वडा नं ३ का तीनजना, सल्यानको दार्मा गाउँपालिकाका नौजना, सुदूरपश्चिम प्रदेश अछामको मङ्गलसेन नगरपालिका-४ का एकजना र मल्लेख गाउँपालिका-४ का ६ पुरुष र दुई महिला गरी थप २९ जना पहिचान भएको हो ।

 

अछामको स्वाबको परीक्षण पनि सुर्खेतस्थित प्रदेश अस्पतालरपशुपक्षी रोग अन्वेषण प्रयोगशालामा हुँदै आएको छ । नयाँ पहिचान भएका संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

 

भारत सरकारले लकडाउनकै बीचमा रेल तथा बस सेवा सञ्चालन गरेपछि रोजगारीका लागि त्यहाँका विभिन्न स्थानमा रहेका कर्णालीवासी फर्कने क्रम जारी छ । कर्णालीमा पहिचान भएका सबै संक्रमित भारतबाट फर्किएका हुन् ।

 

हाल प्रदेशका सबै जिल्लामा आरडिटी परीक्षण र पिसिआरका लागि स्वाब सङ्कलन कार्य भइरहेको छ । मन्त्रालयका अनुसार प्रदेशभर ५५० आइसोलेशन र १७ भेन्टिलेटर रहेका छन् ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार