• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
स्वास्थ्य

थप १६६ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १५६७, मृत्यु हुनेको संख्या आठ पुग्यो

काठमाडौं । आज (आइतवार) थप १६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

 

प्रवक्ता देवकोटाका अनुसार हालसम्म कोरोना भाइरसको आशंकामा पीसीआर विधिबाट ६९ हजार ५८२ वटा नमुना परीक्षण गरिएको छ । पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसको आशंकामा २ हजार ८५३ वटा नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । सातै प्रदेशका विभिन्न क्वारेन्टाइनमा १ लाख १९ हजार १९२ जना रहेको पनि उनले जानकारी दिए ।

 

यो संगै नेपालमा संक्रमित संख्या १५६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । नेपालमा अहिलेसम्म कोरानाबाट आठजनाको मृत्यु भएको छ । डिस्चार्ज हुनेहरुको कुल संख्या २२० पुगेको छ जसमा पुरुष १७२ र महिला ७२ रहेका छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार