• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
स्वास्थ्य

कर्णालीमा संक्रमितको संख्या १ सय २३ पुग्यो

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुने व्यक्तिको संख्या १२३ पुगेको छ ।

 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शनिबार बेलुकासम्म स्वाब परीक्षण गरिएकामध्ये ३३ र आइतबार बिहान १८ नयाँ थपिएसँगै ५१ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

 

त्यस्तै, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा २५ सल्यान र एक जना सुर्खेतका व्यक्तिमा कोरोना रिपोर्ट पोजेटिभ आएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रलाय जनस्वास्थ्य शाखाका प्रमुख नवराज कँडेलले जानकारी दिए ।

 

यसअघि सुर्खेतका ३०, देलेख १४, बाजुराका एक र बोल्न नसक्ने एक महिलामा गरेर ४६ जनामा कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार