• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
स्वास्थ्य

थप १८९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १४०१

काठमाडौं । पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

यो संगै नेपालमा संक्रमित संख्या १४०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । 

 

पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमित निको भएर घर गएका छन् । कुल कोरोना निको हुनेको संख्या २१९ पुगेको मन्त्रालयका प्रवक्ता डा.देवकोटाले बताए । कोरोना भाइरसको संक्रमण देखिएका १ हजार १७६ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।

 

हालसम्म कोरोना भाइरसको आशंकामा पीसीआर विधिबाट ६६ हजार ७२९  नमुना संकलन गरेर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको आशंकामा दुई हजार ५७५ वटा नमुना परीक्षण गरिएको छ । यस्तै नेपालमा कोरोनाभाइरस संक्रमण मुक्त हुनेको संख्या २१९ पुगेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार