'दलित' शब्द खारेज गरियोस : गायक शिव परियार
काठमाडौं। जाजरकोट घटनाको राष्ट्रव्यापी बिरोध भईरहेको बेला कलाकर्मीहरुले पनि यसको खुलेर बिरोध गरेका छन् । उनीहरुले चाडो भन्दा चाडो दोषीलाई कारवाही गर्न माग गरेका छन्।
गायक शिव परियारले पनि यसको बिरोध जनाएको छन् । उनले आफनो फेसवुक मार्फत यस घटना प्रति यस्तो अभिव्यक्ति दर्शाएका छन् ।
गायक शिव परियारले लेखेको यो स्टाटस ::
जब सम्बोधन शब्द नै निच शब्द छ तब समानता कसरी सम्भव हुन्छ ? जातिय उत्पिडनमा परेका वर्गहरुको सम्बोधनमा प्रयोग गरिने 'दलित' शब्द खारेज गरियोस । यो शब्दको उच्चारण र प्रयोगले पनि मान्छे मान्छे बिचमा बिभेद बढाउन मद्दत गरेको महसुस भएको छ ।
दलित सम्बोधनको साटो समग्र जातीय उत्पिडनमा परेका नेपालीहरुको सम्बन्धमा सम्मानजनक शब्दको ब्यवस्था गरियोस । उत्पिडनमा परेका वर्गहरुको शैक्षिक र सामाजिक अवस्था सुधारोन्मुख परिवर्तनका लागि नेपाल सरकारले उल्लेखनीय भुमिका खेलोस ।
नेपाल सरकार र सम्पुर्ण उत्पिडित वर्गको समानताको लागि आवाज उठाउने निकाय, संस्था ,अभियान कर्ता र ब्यक्तिहरुमा म लगायत सबैको सादर अनुरोध ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस