• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
बिश्व

यो मान्छेको क्रूरता बुझ्ने समय हो – भाग २  

लकडाउन – १९

काठमाडौं । म तुलनात्मक रुपले उच्च वर्गीय छिमेकीको माँझ बस्छु जहाँ यो लकडाउनको बेला पसलमा दुई दिन लगातार दुधको प्याकेटहरुको अभाब भयो । पसले गर्वका साथ आफुले २० मिनेटमा ४० लिटर दुध बेचेको सुनायो। मलाई बिश्व रेकर्डलाई फोन गरि यो ुउपल्वधीको जानकारी दिउ जस्तो लाग्यो । हाम्रा छिमेकी समान्तर संसारमा बस्छन जसको विशेषता भनेको सामाजिक संजालका चुनौतीहरू, ब्रान्डेड कफी, नेटफिल्क्स, एमेजोन प्राइम, हटस्टार इत्यादिले देखाउँछ । 

 

समान्तर संसारका बासिन्दाले अरुले आफ्नो संसारबारे राखेको प्रतिक्रिया सुन्दा अपमानित भएको महसुस गर्छन । उनीहरुको विचार, 'सबैलाई आफ्नो तरिकाले बाच्ने आधिकार छ । तिमी पर्ख र हेर, यसले सकारात्मक पक्ष लिएर आउँछ । जब चारैतिर अध्यारो हुन्छ, कमसेकम कोहि त छ जसले खुसि बनाउने कोसिस गर्दै छ ।'

 

मसग खानेकुराको राम्रो जगेडा छ र यदि स्थिति खत्तम भयो भनेपनि आर्को दुई महिनाको लागि पुग्दो छ। मलाइ सयौ किताब पढ्ने र फिल्म हेर्ने बिकल्प छन तर पनि अल्छी लाग्यो भनी रुने सुबिध छ । 

 

एकदिन, मैले मेरो साथीसग कुरा गर्दै भनें कि हामी त्यस्तो पुस्तामा पर्छौं जसका अर्थहीन  प्राथमिकता छन। मेरो साथीको दृष्टिकोणमा जसले जे गर्दा खुसि हुन्छ त्यो गर्यो भने के गल्ति गर्यो भन्ने थियो। बिशेष अधिकारि भएका हामी मानिसहरुलाई शिक्षा प्राप्त गरेको फाइदा पनि भएको हुदा गलत तर्कलाई पनि पुस्टि गर्न सजिलो हुन्छ। आखिरमा हामी तर्क गर्न सिपालु छौं, हामी सबैजना । 

 

जब म खानेकुरा  बाढ्दै गरेको स्वयंसेवकको अगाडी मानिसको नागबेली भिडयुक्त लाइन देख्छु, वा मानवता सडकपेटी र रेलमार्ग मा सास बिहिन भइ भएको देख्छु, म आफुलाई दोषी महसुस गर्छु। सायद हामीलाई कसैको दुखमा पिडा महसुस गर्न आउदैन होला । कसैको निरन्तर दुख र पिडामा सकारात्मक पक्ष खोज्नु मेरो लागि अपराध जस्तै हो । 

 

मलाई  स्नातकोत्तरमा पढाउने मेरा एक शिक्षक भन्नु हुन्थ्यो कि शिक्षित मानिस पढेको कारण अशिक्षित भन्दा चलाख हुने होइन बरु यस्तो किन हुन्छ भने उ सग आफुले बोलेका सबै भनाइहरुलाई अतार्किक रुपमा पनि  जायज र  कानुनसम्मत बनाउने कपट हुन्छ ।  उदाहरणको लागी,  अहिले बरिष्ट पत्रकारहरुको धेरै समय  अंग्रेजी शब्दलाइ देवनागरीमा क्वारेन्टाइन वा क्वारेंटिन लेख्ने भन्नेमा खर्च भएको छ । 

 

म उनीहरुको यस चासोको बिषयसगै हिडें तर त्यसपछि मैले ८००  किलोमिटर हिडेर घर जादा सुबिधाहिन क्वारेन्टाइनमा बस्नु परेका प्रबासी श्रमिकहरुको प्रतिबेदन सम्झें ।

 

कल्पना गर्नुस, त्यति लामो यात्रा हिडेर पार गरेका ती श्रमिकले फोहोर कोठा र अझ फोहोर , शौचालय, कुनामा बसी माफी मागेको सिरेक डस्ना, र अव्यवस्थित पानी वा खानाको प्रबन्ध हेर्न आए । ती प्रबासी श्रमिकहरु जसले   क्वारेन्टाइनमा बसे के उनीहरुलाई क्वारेन्टाइनको अर्थ थाहा छ? के उनीहरुलाई क्वारेन्टाइन वा क्वारेंटिन लेख्दा केहि फरक पर्छ ?


 
एकाएक मेरो आँखा अघि अस्घर वाज्हतको कथाको च्याउरी अनुहार भएकी बुढी हजुरआमाको अनुहार याद आयो । उनको बिचारमा सबै अंग्रेजी शब्दहरु राम्रो हुन्छ भन्ने छ । उनलाई केहि शब्दहरु याद छ। लेखकको शब्द, 'पहिलो पास' शब्द उनले सलिम बिधालयको  पहिलो कक्षामा पास भएपछी जानेकी हुन । त्यस्तै दोस्रो शब्द 'जब' सुनेकी हुन् र उनले जानिन कि त्यो भनेको काम पाउनु हो । 'स्यालेरी' तेस्रो अंग्रेजी शब्द हो जुन उनले सुनेकी र बुझेकी हुन, र त्यसले सधै उनको नाकमा पकाई रहेको पाउरोटीको बास्ना आउछ।

 

जब शब्दको सुन्दरता  र भाषाको स्पस्टताबारे कुरा गर्दा मैले महसुस गरें, म ति बरिष्ट पत्रकारको नजिक छैन जसले क्वारेन्टाइन वा क्वारेंटिन लेख्ने भनेर समय बिताउछन। म त्यस बिषयमा कुरा गरि समय बिताउन चाहदिन तर मलाइ उसको यो सोच बारे बुझ्न मन लाग्यो ।

 

हाते कलबाट पहेलो नुनिलो पानी आउने र  प्रशासनले खानेकुराको टुक्रा दिने दृश्यहरु  धेरै परको जिल्लाहरुको हो जहा फ्याकिएका श्रमिकका अनुहार क्वारेन्टाइन केन्द्रमा राखिएका छन। ति दृश्यले बरिष्ट पत्रकारले भनेको  अत्यन्त आवश्यक कुरा बुझ्ने मेरो शक्ति सुन्य भएको छ। यो महामारीले निम्त्याएको लकडाउनमा कम नभएको एउटा कुरा छ – अझ भन्नु पर्दा यो तिब्र गतिमा भएको छ – लेख्ने काम । अहिले लेखेको बाढी आएको छ। तर मैले यो पनि याद गरेको छु कि जो एकदम सिपालु छन लेख्न, उनीहरु भने चुपचाप बसेका छन ।  

 

कुनै तहमा उनीहरुको यो मौनता मलाई यो समयको सांकेतिक प्रस्तुति लागिरहेको छ । मलाई यो पनि लाग्छ कि यो समय भनेको प्रतिबिम्ब गर्ने अबस्था पनि हो। यो अफ्ठ्यारो परिस्थितिमा  हामी के गर्न सक्छौं वा के गर्न सक्दैनौं भन्नु भन्दा पनि, हामी सबैले गर्न सक्ने एक कुरा छ – समानुभुती गर्ने । 

 

अन्तिममा मसंग दिनको लागी स्वागत नगरिएको  सुझाव छन – सायद सामाजिक संजालमा भन्दा अर्थपूर्ण कुरा ढुङ्गामा कोरिएका अक्षर र बिज्ञापनका सन्देशमा सजिलै पाइने छ। सामाजिक संजालमा सकरात्मक र प्रभावकारी कुरा खोज्नु भनेको परालको थुप्रोमा सियो खोज्नु सरह हो । 

 

लेखक : मिनाक्षी तिवारी (अंग्रजी अनुवाद – चित्र पद्मनाभन)

अनुबाद : नारायण न्यौपाने

 

र, यो पनि 

लकडाउन – १८


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार