नेपालको सीमा अतिक्रमण बारे विश्वभरका जनसम्पर्क समितिद्धारा विरोध
काठमाण्डौं । नेपाली भूमीमा भारतले सडक बनाएको विषयमा सरकारले तत्काल कदम चाल्नुपर्ने आवाज सर्बत्र उठेको छ ।
भारतले नेपालको भूमी लिपुलेक हुँदै चीन जोड्ने सडक निर्माण सुरु गरेर नेपाली सीमा अतिक्रमण गरेको प्रति विश्वभरीका नेपाली सम्पर्क समितिले निन्दा गरेका छन् ।
विश्वभरका समितिहरुले भारतीय हस्तक्षेपको विरोध गर्दै विश्वभरका नेपाली जनसम्पर्क समितिका सभापतिहरुले संयुक्त प्रेस वक्तव्यमार्फत हस्तक्षेपको भर्त्सना गरेका छन् ।
‘सीमाजस्तो संवेदनशील विषयमा जुन किसिमको हस्तक्षेप भएको छ त्यसको हामी विश्वभरका नेपाली जनसम्पर्क समितिका सभापतिहरु घोर निन्दा र भत्र्सना गर्दछौं,’ जनसंम्पर्क समितिहरुद्धारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस