• शुक्रबार २-१६-२०७७/Friday 05-29-2020
रंगमञ्च

नियम भन्दा छुट्टै उभिएकी रंगकर्मी–उषा गांगुली

काठमाडौं । भारतीय नाट्य समुह–रंगमञ्चको सस्थापक, उषा गांगुलीको ७५ बर्षमा हृदयघातबाट मृत्यु भएसंगै रंगमञ्चले यो हप्ता एक शक्तिशाली व्यक्तित्वलाई गुमाएको छ । राजस्थानमा १९४५ मा जन्मेकी गांगुली भने पुरुषहरुको दबदबा रहने भारतीय रंगमञ्चमा महिलाहरुको उपस्थिति दरिलो गराउने एक मार्गनिर्देशक बनेकी थिइन् । 

 

आफ्नो कलात्मक दृष्टिकोणमा सम्झौता नगरी व्यवसायिक रुपमा आर्थिक लाभ गर्न सक्ने हिसाबले काम गर्दै जाँदा उनले उत्कृष्ट नाटकहरु मञ्चन गरेकी थिइन । हिन्दी भाषा प्राध्यापन गर्नुको साथसाथै उनले अभिनय र निर्देशनमा निरन्तर काम गरिरहिन । लेखक आनन्दलाल उनलाई सम्झिदै भन्छन, 'उनी धेरै मानिसको लागी अर्थपूर्ण सामाजिक नाटक प्रस्तुत गर्न सक्ने एक कलाकार र निर्देशक हुन ।'

 

राष्ट्रिय पुरस्कार विजेता कलाकार सोहिनी सेन गुप्ताका अनुसार गांगुली भविष्यमा आउने पुस्ताका लागि मार्ग निर्देशक भएकी छन । गुप्ता भन्छिन्, ‘अन्य क्षेत्र जस्तै रंगमञ्च पनि पुरुषको पकड भएको ठाउँ हो । तर गांगुली एक योद्दा जस्तै थिइन् । उनलाई तल पार्न धेरैले कोशिस गरे तर सकेनन् किनकी  उनले कहिले पनि आफ्नो काम छाडिनन् । उनको जीवन एक प्रेरणा मुलक यात्रा हो । उनको व्यक्तित्व जीवन भन्दा बिशाल थियो र त्यसबाट धेरैले सिक्न सक्छन ।’ 

 

मृत्युको अकल्पनीय र अचानक प्रकृतिले गर्दा उषाजीको मृत्युले रंगमञ्चको संसार अच्चममा परेको छ । पन्द्रदिन अघि मात्र उनको भाइको मृत्युले उनलाई कमजोर बनाएको थियो । अन्यथा उनी लकडाउन भन्दा पहिले एकदम सक्रिय थिइन् – जनवरीमा आफ्नो संस्था रंगकर्मीको ४४ औ वार्षिकोत्सव गर्न उनी यात्रा गरिरहेकी थिइन् । सरकारको उपेक्षा र नातावाद कृपावादमा आधारित सहयोग गर्ने प्रवृद्धिका बाबजुत त्यसबेला कुरा गर्दा उनी आफ्नो समुहको भावी योजनाबारे ७४ बर्षमा पनि किशोरकिशोरी झैँ उत्साहित देखिन्थिन । 

 

उनी सधै नियम भन्दा फरक थिइन् – ती कलाकारहरु माझ जो आफैमा नियम भन्दा फरक हुने गर्छन । १९४५ अगस्ट २० मा राजस्थानको जोधपुरमा उषा पाण्डेको रुपमा जन्मेकी उनले सानै उमेरमा भारतीय नाट्य सिकिन जसले उनको शरीरको हाउभाउको संवेदनशीलतालाई व्याख्या गर्छ । कलकत्ता आएपछि हिन्दी भाषामा मास्टर गरिसकेपछि १९७० देखि भवानीपुर एजुेकसन सोसाईटी कलेजमा पढाउन सुरु गरिन । रिटायर्ड नहुने बेलासम्म अध्यापन जारी राख्ने क्रममा उनले विधार्थीहरुसँग नजिक हुन् पाइन् जसबाट उनले आफनो संस्था 'रंगकर्मी' का लागि युवा व्यक्ति कलाकारलाई रंगमञ्चमा आवद्ध गराउन पाइन । ट्रेड युनिनका नेता कम्लेंदु गांगुलीसँगको बिवाहपछि उनको परिचय 'लेफटिस्ट' बिचारधारासँग भयो जससँग उनको जीवनभर निरन्तर जिम्मेवारी रहेको थियो । 

 

सन् १९७० मा एक अव्यवसायिक हिन्दी समूह ‘संगीत कला मन्दिर’ बाट उनले आफ्नो अभिनय सुरु गरिन र रंगमञ्च प्रति तीब्र रुपमा गहिरो चाहना र प्रतिबद्धता देखाइन । उनका श्रीमान र उनीजस्तै स्वभाव भएका साथीहरु मिलेर उनेल १९७६ मा ‘धेरै मानिसहरुको लागि अर्थपूर्ण सामाजिक रंगमञ्च गर्न’ उनले रंगकर्मी भन्ने संस्था खोलिन । त्यो समयमा उनले बंगाली कलाकार तृप्ती मित्रासँग मित्रता बढाइन र उनको निर्देशनमा इब्सनको ‘डल्स हाउस’ को हिन्दी रुपान्तरण नाटक ‘गुडिया घर’ (१९८१) मा काम गर्ने मौका पाइन । बरिष्ठ निर्देशकसंग काम गर्दै जाँदा उषा स्वभाविक रुपमा एक्लै रंगकर्मीको रथ हाक्न सक्ने भईन । त्यस क्रममा मन्नु भण्डारीको  ‘महाभोज’ (१९८४)  र रत्नाकार मत्त्कारीको ‘लोककथा’ (१९८७) बाट उनले समाजमा रहेको राजनीति र जातभातको चलनलाई मात्र लक्षित गरिनन्, उनले यी नाटकबाट आफ्नो एक शैली निर्माण गरिन – एकदम चर्को जोस, बिशाल शारीरिक भाषा, मिलेका सक्षिप्त दृश्य, र द्रुतगतिमा दृश्य परिवर्तन । उनको बिषयबस्तु र शैलीले गर्दा चाडै नै राष्ट्रिय ध्यान उनीप्रति केन्द्रित भयो र उनको संस्था रंगकर्मीको सबैतिरबाट चर्चा हुन थाल्यो । यसले उनलाई मात्र होइन उनको संस्थालाई पनि अगाडी बढाउन सजिलो भयो । 

 

सन् १९८९ मा उनले मराठी नाटककार महेश एल्कुनच्वारको 'होली' नाटक छनोट गरिन जसले क्याम्पसमा हुने आन्दोलनलाई देखाएको थियो । यो नाटक गर्दा उनी लेखेको आलेखमा भरपर्नु भन्दा पनि उनले नयाँ सोचको प्रयोग गरिन – ‘परफरमेन्स टेक्स्ट’ । यस अन्तर्गत कलाकार र निर्देशकको टोलीले मूल नाटकको आधारमा रिहर्सलको बेला सबै आफनो कामबाट सन्तुष्ट नहुने बेलासम्म सामूहिक रुपमा दृश्यहरु बनाउँदै लग्छन् । यसले गर्दा अझ बिस्तार र तीब्र भएको 'होली' नाटकले विधार्थी आन्दोलनको डरलाग्दो चित्र प्रस्तुत गर्न मद्धत गरेको थियो । 

 

उषाले सन् १९९० को दशकमा अझ सफल नाटक 'रुदाली' र 'मुक्ति' मा पुन : यही तरिका अपनाईन । समाजले बहिष्कार गरेको महिला प्रमुख पात्रहरुको पिडा बोक्ने महास्वेता देबीका यी दुवै कथालाई उषाले नाट्य रुपान्तरण गरि प्रस्तुत गरेकी थिइन । यी नाटकहरुको कथा व्यक्तिगत स्वतन्त्रता र महिलाको एकताको शक्तिशाली अभिव्यक्तिको रुपमो थियो। 

 

स्रोतलाई सुधारेर, 'मेलोड्रामेटिक' र 'रोमान्टिक' तत्वलाई हटाएर सन् १९९९ मा उनको रंगकर्मी समुहले पहिलो पटक बंगाली भाषाको नाटकमा काम गरे ।  'मुक्ति' नामक यस नाटकले भावनालाई अतिरन्जित नगरी महिलाको सशक्तिकरण बारे सोचमग्न बनाउँछ ।  यसलाई पाँच मिनेटमा पनि भन्न सकिन्थ्यो तर उषाले यसलाई बढाएर १५ मिनेट बकबक गराउने बनाइन । नाटकमा उनले सबै पुरुष पात्रहरु हटाईदिइन् । हुन त यस अघि नै सन १९९६ मा मुम्बई कि अधिकारकर्मी ज्योती म्यापसेखरको सडक नाटकमा आधारित ‘बेटी आइ’ नामक नाटकमा पनि उनले महिला पात्रहरुलाई मात्र रंगमञ्चमा प्रस्तुत गरेकी थिइन् । उनको यो सामाजिक कार्यको प्रोजेक्ट ‘खेला गडी’ नाटकमा पनि हो जसले पिछाडिएका मुस्लिम महिलाहरुको सत्य जीवनको इतिहासलाई दस्तावेज गर्ने काम गर्यो । 

 

उनको प्राय उत्कृष्ट नाटक महिलाका बिषयमा केन्द्रित हुन्छन् । उनको निर्देशनमा बनेको रविन्द्रनाथ टाइगोर 'चंडालिका' (२०११) ले चलिरहेको नृत्यमा आधारित प्रदर्शनलाई छोडेर सुन्दरता भन्दा पनि बिषयबस्तुलाई ध्यानमा राख्यो । यसले गर्दा टाइगोरको यस छुवाछुत बिरुद्धको बिद्रोहपूर्ण नाटक अझ राम्रोसँग संचार भयो । त्यसपछि उनले 'हम मुक्तारा' (२०१३) लाई नाट्य रुपान्तरण गरिन जसले अनर ग्यांङरेप जस्तो घृणित बलात्कारको सामना गरेकि मुक्तारा माइको कथा भन्छ जसले अदालतमा दश बर्ष असफल प्रयास गर्छिन । त्यस्तै सन् २०१४ मा प्रदर्शन भएको अजय देवगन र ऐश्वर्य राइ बच्चन अभिनित ‘रेनकोट’ को स्कृप्ट लेखन पनि गरेकी थिइन् । जुन ओ हेनरीको ‘द गिफ्ट’ मा आधारित फिल्म थियो । 

 

रविन्द्रनाथ टाइगोर देखि साहदत हसन मन्टो देखि महास्वेता देबी देखि बर्तोल्त ब्रेच्तसम्म हरेक नाटकमा फराकिलो बिषय र शक्तिशाली सामाजिक राजनीतिक सन्देश दिन सफल भएकी उषा गांगुलीको बिशाल हृदय थियो । धेरैले नाटकको समीक्षा भनेको मात्र यसको प्रचार हुनुपर्छ भन्ने सोच्ने गर्छन तर उनले सधै सिर्जनात्मक प्रतिक्रियालाई स्वीकार गरेकी थिइन् । एकदम बलियो इच्छाशक्ति र आक्रामक रुपमा स्वतन्त्र रहेकी उषा सधै आफ्नो तरिकाले जीवन बाचिन र नयाँ निर्देशन गर्न अरुको बिचार सुनिरहिन । अहिले हिंसात्मक संकुचित सोचले उनको जस्तो बिस्तार सोचलाई चुनौती दिन्छ ।  

 

लेखक : आनन्द लाल, सुधिर शंकर चट्टोपाध्य

अनुवाद : नारायण

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार