• आइतबार १-२३-२०८१/Sunday 05-05-2024
मनोरञ्जन

बलिउडमा कोरोना प्रभाव : सानो बजेटका फिल्म इन्टरनेटबाट प्रदर्शन (३/३)

काठमाडौं । कोरोना भाइरसले निम्ताएको लकडाउनबाट धेरैलाई असर गरेको बेला भारतीय फिल्म क्षेत्र पनि यसबाट अछुतो रहन सकेन । त्यसमाथी  बलिउड सबैभन्दा पहिले बन्द भएको र सबैभन्दा पछि खुल्ने हुँदा यो बढी प्रभावित भएको देखिन्छ । सिनेमाघर बन्द हुनु, नयाँ फिल्मको कास्टिङ सर्नु, फिल्मको छायांकन नहुनु, पोस्ट प्रोडक्सन रोकिनु, वा अन्य काम नहुँदा बलिउडले अकल्पनीय नोक्सानी सहनु परेको बेला अब बलिउडको ब्यापार कस्तो हुने र यसले कस्तो प्रभाव पार्छ भन्ने बिचार बोकेको यो तेस्रो सामाग्री । 

 

'ओटिटि' ले साना फिल्मलाई उद्धार ?
केही महिना अघि परेश रावलका छोरा आदित्यको पहिलो फिल्म  'बमफाड' ले आउने दिनमा धेरै फिल्महल नपाउने त्रासले आफनो फिल्म सिधैइन्टरनेटको माध्यमबाट प्रदर्शन गरेको थियो । त्यसैले सानो बजेटका फिल्मले कि त ओटीटि अर्थात इन्टरनेट बाट फिल्म लगाउनु पर्थ्यो वा थोरै हलमा चित्त बुझाउन पर्थ्यो । तरन आदर्श भन्छन, 'सानो फिल्म सिधै इन्टरनेटको माध्यमबाट प्रदर्शन हुने सम्भावना धेरै छ । यदि तपाईले इन्टरनेटबाट फिल्म रिलिज गर्नुभयो भने सिनेमा घरवाट पैसा कमाउन सक्नु हन्न ।'

 

गिरिस जोहर भन्छन, 'साना निर्माता जसले १० करोड भन्दा कम लगानीमा फिल्म बनाएका छन उनीहरुले फिल्म ढिला प्रदर्शन हुने अवस्था धान्न सक्दैनन् किनभने यसले लगानीको भार बढाउँदै लग्छ ।  त्यसैले उनीहरुले फिल्महरुलाई इन्टरनेट माध्यमबाट बाहिर लिएर आउछ ।' अक्षय रथी भन्छन्, 'यो हरेक केस अनुसार फरक हुने कुरा हो । धेरै फिल्ममेकरले सिनेमाघरमा फिल्म चलाउनुको उच्च मान्यता बुझेका छन । मलाई बिश्वास छ कि सिनेमाघर खुल्ने बित्तिकै निर्माता सिनेमाघरमा नै जानेछन ।'

 

शिवासिस सरकार पनि यहि दृष्टिकोण सोचेका छन । उनी भन्छन, 'डिस्नीका प्रबन्ध निर्देशक बब इगरले केहि फिल्म इन्टरनेटबाट रिलिज गर्ने तर केहि रोकेर सिनेमाघरमा नै प्रदर्शन गर्ने स्पस्ट पारेका छन । युनिभर्सल स्टुडियोले पनि यहि गर्ने भएको छ ।'  उसले ठुलो लगानीमा बनेको फिल्म पहिले  ठुलो हलमा नै देखाउने छ तर बिषयबस्तुलाई आधार बनाएको फिल्म भने इन्टरनेटबाट नै संचालन गर्ने बताएका छ । यस अर्थ यो सबै निर्मातामा निर्धारित छ । मलाई सोध्नु हुन्छ भने हाम्रा सबै फिल्महरु हलमा नै प्रदर्शन हुन कुरेका छन । अमोद मेहरा अलि नयाँ सोच राख्दै भन्छन, 'प्रश्न यो होइन कि फिल्म निर्माताहरु साना फिल्मलाई ओटीटी मा प्रदर्शन गर्न चाहन्छन कि नाइँ ? बरु प्रश्न यो हो कि के ओटीटीले यी फिल्म किन्न चाहन्छ ? उनीहरु किन यी फिल्म किन्ने छन जब उनीहरुसँग पहिले नै सामाग्रीहरु छ ।  यी माध्यमहरु फिल्म भन्दा वेभ सिरिजमा बढी इच्छुक देखिन्छन । अनि ठुला स्टार कलाकारको फिल्महरु किन्ने गर्छन ।'

 

लकडाउन १२ 

 

र, यो पनि 

https://freshnewsnepal.com/news-details/13580/2020-04-25

 

फिल्मको बजेटमा परिवर्तन : कलाकारको तलब कटौती ?
यो महामारीले सुटिङ यसरी रोकिएको छ जुन आजभन्दा अघि कहिले पनि भएको थिएन । यस्तो अवस्थामा, बजेटको पुन : अध्धयन हुनेछ र निर्माण खर्च बढ्ने छ । यस्तो अवस्थामा कलाकारले आफ्नो पारिश्रमिक काट्नु परें वा नाफा बाढ्ने हिसाबले जानुपर्ने देखिन्छ । तरन आदर्श व्याख्या गर्छन, 'ती दिन गए जतिबेला स्टार कलाकारले आफ्नो रेट घटाउदिन भन्ने गर्थे । मलाई पक्का लाग्छ कि यी कुरामा व्यापक परिवर्तन हुनेछ ।' त्यस्तै अमोद मेहरा भन्छन, 'सबै फिल्महरुले आफ्नो बिषय, छायांकन गर्ने दिनहरु, इत्यादि बारे पुनः काम गर्नेछन । तर पनि सबैको लागि फरक फरक अवस्था छ – एउटा धारणाले सबैलाई काम नगर्न सक्छ ।'

 

गिरिस जोहरले सन्तुलित हुने हिसाबले आफ्नो बिचार राख्छन, 'कलाकार र निर्देशक, बिशेष गरि चर्चित, को खर्चमा नै फिल्म बजेटको ठुलो हिस्सा जाने गर्छ । त्यसकारण सबैले सहज सास लिन र यो अवस्थाबाट सहज मुक्ति पाउन त्यस्ता कलाकार र निर्देशकबाट खर्च कम गर्नु पर्ने हुन्छ ।'

 

शिवासिस सरकार भने अलि फरक धारणा राख्छन । उनका अनुसार कलाकारलाई मात्र यो घाटाको भार बोकाउनु उचित हुँदैन । उनी भन्छन, 'हामी यो अनुमान गरिरहेका छौं कि सबैकुरा सामान्य भएपछि सिनेमाघरमा व्यापार कम हुनेछ ।  तर व्यापार अहिलेसम्म कहिले पनि नभएको जस्तो गरि व्यापक हुन  पनि सक्छ नी । घरमा बस्दा बस्दै दिक्क लागेका मानिसहरु पहिले झैँ फिल्म हेर्न जान आतुर छन । तर यदि अवस्था अनुकल नभएमा सबैको पारिश्रमिक काटिनु पर्छ । किन कलाकारको मात्र ? आखिर सबैको मुनाफाको केहि प्रतिशत काटिने हो । तर मलार्इ लाग्छ कि यी कुरा पछि गर्दा ठिक हुन्छ किनभने अहिले हामीलाई यही हुन्छ भनी केहि थाहा छैन ।' 

 

विदेश सुटिङमा प्रश्न चिन्ह 
यो डरलाग्दो अवस्था बिश्वभरी नै भएको हुँदा, के हामी अनुमान गर्न सक्छौं कि फिल्महरु बिदेशमा कम छायांकन हुनेछन । आनन्द पण्डीत भन्छन, 'सुटिङको कार्यतालिका नयाँ बनाउन पर्ने हुन्छ । नयाँ मिति र ठाउँहरु हेर्नु पर्नेछ भने कलाकारले आफ्नो डायरीमा डेट मिलाउनु पर्नेछ । बिदेशमा छायांकन गर्ने नपाउने अवस्थामा स्कृप्टमा नै फेरी काम गर्नुपर्ने हुन्छ भने केहि निर्माताले केहि भाग पुन : छायाँकन गर्नुपर्ने छ ।'


गिरिस जोहर सहमत हुँदै भन्छन, 'विश्वको अन्य देशको तुलनामा भारतमा महामारी नियन्त्रणमा छ । अमेरिका र युरोपमा नियन्त्रण भएर सामान्य हुन धेरै समय लाग्छ । त्यसकारण कोहि जुलाईमा सुटिङ शुरु गर्ने सोचमा छन् भने पनि अगस्टमा बेलायतमा गएर सुटिङ गर्न कोहि निर्माता तयार हुने छैन । बिदेशमा जोखिम लिनुभन्दा फिल्म टोलीले आफनै देशमा सुटिङ गर्ने सोच बनाएका छन् ।'


शिबासिस सरकार भने अलि फरक सोच व्यक्त गर्छन, 'सुटिङ सुरु हुनु अघि नै हामीले मूल्यांकन गर्न र बिकल्प रोज्न पाउने छौं । सबै देशहरुको समान स्थिति छैन । केहि देशहरुले भारतले भन्दा चाडो रोगबाट मुक्ति पाउने छन । जस्तै अफ्रीकन देशहरु यो रोगबाट त्यति प्रभावित छैनन् । केहि देशमा भारतमा भन्दा पहिले नै यो रोग आएको र अहिले रोग नियन्त्रमा आएर जीवन सामान्य हुँदै गएको छ । त्यसकारण यदि कसैले बिदेशमा छायांकन गर्न चाहन्छ र कथाले अनुमति दिन्छ भने यात्रा गर्न रोक नलगाइएको देशमा काम गर्न सकिन्छ । तर अब टोली सानो राख्ने, सरसफाइमा ध्यान दिने, मास्क लगाउने, सामाजिक दुरी कायम राख्ने गर्नुपर्ने हुन्छ ।'


सामाजिक दुरी बढाउने यौनजन्य दृश्य घट्ने ? 
तरन आदर्श भन्छन, 'दुइ शब्द' 'सामाजिक दुरी' अब सबैको मन मस्तिष्कमा बसिसकेको छ । यस अर्थ मानिससँग दुरी कायम गरि बस्ने बानी हट्न धेरै समय लाग्ने छ ।' यो अवस्थामा छायांकन गरिने सेटमा पनि सुरक्षाका बिधिहरु अपनाइने छ । यो संगै के चुम्मन र अन्य यौनजन्य दृश्यहरु पनि घट्ने छन ? गिरिस जोहर हास्दै यो प्रश्नको उत्तर दिन्छन,  'मलाई लाग्दैन कि चुम्मनका दृश्य कम हुनेछन । अमिताभ बच्चनको लघु फिल्म 'फ्यामिली' जस्तो गरि काम हुन सम्भव छ र ?'

 

कमल भन्छन, 'मलाई लाग्दैन कि त्यस्तो हुनेछ । १०० प्रतिशत सामाजिक दुरीबाट ० प्रतिशत सामाजिक दुरी पनि हुनेछ । त्यो बीचमा संक्रमणकालीन अवस्था हुनेछ । सबैकुरा सामान्य हुन समय लाग्ने छ । कुनै बिन्दुमा खोप र औषधी आउनेछ । र यदि आवश्यक परेमा त्यस्ता दृश्य कैद गर्न सम्भव छ भन्ने मलाइ लाग्छ ।' अमोद मेहरा, 'कथाले अत्यन्त आवश्यक नगरेसम्म कलाकार चुम्मनको लागि तयार हुनेछैन । बयस्कको लागि निर्माण हुने फिल्ममा यो अभ्यास भईसकेको छ । सनी लियोनीले आफ्ना अन्तर्वार्तामा भने अनुसार उनले आफ्नो स्वास्थ्य स्थिति ठिक छ कुनै रोग छैन भन्ने प्रमाणित भएपछि मात्र यौनजन्य दृश्यका लागि अनुमति पाउने गर्थिन । ठिक त्यसरी नै अब कलाकारहरुले पनि आफु ठिक भएको र कुनै ज्वरो वा रुघा नलागेको प्रमाणको आधारमा यस्ता दृश्य गर्नेछन ।'

 

उपसंहार 
एकदम गाह्रो अवस्था छ तर कहिले यसोगरि उधोग एक भएको थिएन । कसैलाई थाहा छैन भविष्य के हुनेछ तर एक कुरा पक्का छ – सामान्य अवस्था नहुने बेलासम्म सबैले एक अर्कालाई सहयोग गर्न तयार छन । आनन्द पण्डितका शब्दले लेख सक्नु उचित देखिन्छ, 'यस उधोगका सबैजना एक भएर आउनपर्ने छ र एक अर्कालाई सहयोग गर्नुपर्ने छ । हामी अझ एकजुट हुनुपर्ने छ । अहिले बिश्व पहिलेको जस्तो छैन ।'

 

लेखक : फेनिल सेटा

 

अनुबाद : नारायण

 

लकडाउन-१३

 

https://freshnewsnepal.com/news-details/13591/2020-04-26

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार