• बुधबार १-२६-२०८१/Wednesday 05-08-2024
खेलकुद

अन्धकारमा बिश्व खेलकुद

काठमाडौं । लगभग दुई दशकमा फेरी विश्व खेलकुद पहिलो पटकको लागि टक्क अडिएको छ । कयौं खेल रद्द भएका छन भने अन्य कयौं खेलका कार्यक्रम अनिवार्य रुपमा स्थगित भएका छन् ।  ती कहिले खुल्ने हो भन्ने कुनै अनुमान गर्न सकिने अवस्था छैन । खेल क्षेत्रमा ठुलै आर्थिक नोक्शानी हुने पक्का भएको छ ।  
 

संसारभरी बिशेष रुपमा युरोप र अमेरिकामा फैलिएको कोरोना भाइरसले सबैठुला साना खेलका कार्यक्रम र व्यापार रोकिदिएको छ । यो भन्दा अघि अमेरिकामा भएको सेप्टेम्बर ११ को आतंककारी हमला र सन् २००८ को आर्थिक मन्दीले ओरालो लागेको अर्थतन्त्रले मुख्य खेलका कार्यक्रमलाई  डुबाएको थियो । 

 

माइकल लिन्च, भिसाका भुतपुर्व खेल निर्देशक भन्छन् , 'यसको धेरै असरहरु हुनेछ । यसले मुख्य रुपमा आर्थिकस्तरमा असर गर्नेछ भने त्यति नै मात्रामा सबैलाई अवसरको अभाव पनि सिर्जना गर्नेछ ।' केहि टिम र लिगहरुलाई आफ्नो सम्झौता अनुसार इन्स्युरेन्स पोलिसिले सम्पूर्ण वा केहि घाटा काम गरिदिन सक्छ तर यो अवस्था लम्बियो भने कोराना निर्मुल भएपनि खेल जगतमा असर भने रहिरहने छ । 

 

एन्डी डोलीच, अमेरिकाको बिभिन्न खेल समुहहरुको लागि काम गर्ने कम्पनीका मालिक हुन् । उनी कोरोनाको खेल जगतमा पर्ने असर बारे भन्छन,'खेलहरु हरेक आघातको अन्त्यका लागि सधै दरिलो अँगालो हुने गर्थे ।  तर अहिले खेल संगत नै आघातको बिचमा रहेको छ ।'


चीनमा कोरोना भाइरसको संक्रमण बढी रहेको सुरुवाती अवस्थामा, खेल सगत बलियो र सुरक्षापूर्ण अवस्थामा भएको महसुस गरिरहेको थियो । तर एकाएक, खोकीजस्तै गहिरो र आक्छिंग जस्तै लामो, झट्का लाग्यो र सबै कुरा परिवर्तन भयो ।  खेल जगतको रोगसँग लड्ने क्षमता पुर्णरुपमा काम नलाग्ने भयो । भाइरसले गेम र चौरहरु बन्द गरिदियो । टाढाको यो रोग एकाएक भूतको फिल्म जस्तो डरलाग्यो भयो । शक्तिशाली क्लबका शक्तिशाली खेलाडीलाई शिकार बनाउन सक्ने यो भाइरसले कसलाई पो बाकीं राख्ने हो र ? त्यसर्थ सबैबन्द भए ।


कोरोना भाइरसले बिश्व खेल कार्यक्रमलाई पारेको असरलाई यसरी हेर्न सकिन्छ ? 
 
फुटबल
अप्रिलमा हुने अफ्रिकन राष्ट्रहरुको सहभागीतामा अफ्रिकन नेशन च्याम्पीयनसिप २०२० फुटबलको सम्पूर्ण तयारी क्यामरुनमा भएको थियो । तर मार्च १७ मा अफ्रिकन फुटबल फेडरेशनले अर्को सुचना नआएसम्मको लागि स्थगित गरेको छ ।  यो वर्ष हुने दक्षिण अमेरिकाको कोपा अमेरिका फुटबल खेल पनि सन् २०२१ मा हुने गरि सरेको छ । १२ देश सहभागीतामा जुन १२ गतेबाट जुलाई १२ सम्म कोलम्बिया र अर्जेन्टिनामा आयोजना हुने भनिएको यो टुर्नामेन्ट सर्दा आगामी वर्षका खेल तालिकालाई नै असर गर्ने पक्कापक्की भएको छ ।
 
युरो २०२० फुटबल टुर्नामेन्ट पनि २०२१ को लागि सरेको घोषणा भईसकेको छ । २४ टिम सहभागी भई यो बर्ष जुन १२ देखि हुने भनिएता पनि अब उक्त खेल २०२१ को जुन ११ बाट सुरु हुने भएको छ । त्यस्तै एशियन बिश्व कप छनोट खेलहरु पनि स्थगित भएका छन ।

 

धेरै देशका क्लबस्तरीय खेल रोक्किएका छन । त्यस्तै च्याम्पियन लिग र युरोपियन लिग म्याच अर्को हप्तासम्मको लागि स्थगित गरिएको छ । तर बढ्दै गरेको कोरोनाले आगामी हप्ता नहुने पक्का भईसकेको छ ।

 

यसरी फुटबल क्षेत्रमा धेरै नै खेललाई असर गरेको हुँदा खेलाडी, क्लब, आयोजक, प्रायोजक सबैलाई नोक्सानी हुने पक्का छ । युरोप कै ठुला क्लबहरु घाटामा जाने अवस्था आउने लक्षण सँगै धेरै खेलाडीहरुले आधा तलब मात्र लिने निर्णय गरिरहेका छन । 

 

ओलम्पिक खेल 
जापानमा जुलाई २५ देखि अगस्ट ९ सम्म हुने भनिएको ओलम्पिक खले नहुने भएको छ । विश्वभरीका बिभिन्न खेलका मान्छे जोडिने यो अवसर अब २०२१ को गर्मी मौसममा हुने भएको छ । यसले जापानको अर्थतन्त्र, खेल, र पर्यटनलाई मात्र होइन अन्य देशलाई पनि ठुलो घाटा हुने भएको छ । 

 

म्यारोथन 
अप्रिल २६ बाट हुने भनिएको लन्डन म्यारोथन यहि बर्षको अक्टोबर ४ को लागि हुने भनी सारिएको छ । त्यस्तै अप्रिल ४ बाट हुने भनिएको बोस्टन म्यारोथन सेप्टेम्बर १४ सम्म स्थगित गरिएको छ । पेरिस र बार्सिलोनामा हुने म्यारोथन सारिएको छ भने मार्च १ मा तिन लाख सहभागी हुने टोक्यो म्यारोथनमा जम्मा २०० उत्कृष्ट लाइ सहभागी गराई सम्पन्न गरिएको थियो ।


क्रिकेट 
विभिन्न देशहरु बीच हुने दुई पक्ष वा त्रिपक्षीय खेलहरु रद्द भएका छन । केहि खेल बिना दर्शक गर्ने भनेर योजना बनाइएको थियो तर परिस्थिति जटिल हुँदै गएपछि बिच मै ती खेल रद्द भएका थिए । दक्षिण अफ्रिकी टिम भारत आएको थियो तर खले नखेली आफ्नै देश फर्किएको छ ।


मलेसियामा मार्च १६ बाट हुने भनिएको पुरुष क्रिकेट विश्वकप च्यालेन्ज लिग ए सरेको छ । पाकिस्तानमा हरेक वर्ष हुने पाकिस्तान सुपर लिग क्रिकेट बिना दर्शक गर्ने योजना छ । यता भारतको चर्चित आइपीएल हुने नहुने अझै टुंगो लागेको छैन । 


टेलिभिजन राइट, प्रायोजक, बिज्ञापन, इत्यादि प्रत्यक्ष जोडिने लाभसँगै आयोजकलाई अन्य धेरै कुराबाट नोक्शानी हुने पक्का छ भने खेलाडी किनेको क्लबलाई आर्थिक संकट  पर्ने छ । 

 

अन्य खेल 
अमेरिकामा एकदमै रुचाइने र बिभिन्न तहमा आयोजना भइरहने बास्केटबल र बेसबलको यो सिजनका सबै कार्यक्रम रद्द भएका छन । बिश्व चेस प्रतियोगिता पनि पर सरेको छ । पौडी, साइकिलिंग, फर्मुला १, कार रेसिंग, घोडा दौड प्रतियोगिता, गल्फ, ब्याडमिन्टन, लंग-टेनीसका कार्यक्रमहरु  नहुने पक्का भएको छ । कोरोनाको प्रभावले रोकिएका सबै खेल अब कहिले हुने भनी मिति तोक्न सक्ने अवस्था छैन । 


नेपालमा पनि भईरहेको खेलकुदका कार्यक्रमहरु सबै  बन्द भएका छन । खेलकुदका संरचना बन्ने काम रोकिएका छन । आशा गरिएको क्रिकेट खेलका  महत्वपूर्ण खेल बन्द भएको छ । पुरुष क्रिकेट विश्वकप च्यालेन्ज लिग ए मा बलियो सहभागिता जनाउन सक्ने अवस्थामा तुषारापात लागेको छ ।  क्रिस गेल देखि बिश्व स्तरिय अन्य खेलाडी आउने गरि आयोजना गरिएको लिग पनि अब हुने नहुने अन्यौलमा  छ । चितवनमा बन्दै गरेको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियमको काम रोकिएको छ । फुटबलको बिभिन्न खेल तालिकाहरु रद्द भएको छ । 

 

सम्पूर्ण गोल्ड कपहरु स्थगित भएसंगै बी डिभिजनका खेल पनि नहुने भएका छन् । अन्य खेलको स्थिति पनि नाजुक हुनु स्वाभाविक हो । यसरी समग्र विश्व खेल जगतमा नै सन्नाटा छाएको बेला नेपाली खेल जगत पनि धरासायीमा परेको छ । लकडाउन लम्भिनु र कोरानाको प्रभाव बढ्दै गयो भने नेपाली खेल जगतलाई ठुलो नोक्सानी  हुने पक्का छ । एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार