• बुधबार १-२६-२०८१/Wednesday 05-08-2024
खेलकुद

टोकियो ओलम्पिक १ वर्ष पछि सर्‍यो

जापान । टोकियो ओलम्पिक एक वर्ष सरेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भइरसका कारण आगामी जुलाई २४ बाट आयोजना हुने भनिएको ओलम्पिक स्थगित भएको हो । जापानी प्रधानमन्त्री सिञ्जो आवेले ओलम्पिक गेम्स एक वर्ष सार्न प्रस्ताव गरेका थिए ।

 

प्रधानमन्त्री आवेले अन्तराष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) का अध्यक्ष थोमम बेचसंग मंगलबार टेलिफोन वार्ता गर्दै विश्व खेलकुदको महाकुम्भ मेला एक वर्ष स्थगित गर्न प्रस्ताव गरेका हुन् ।

 

एक वर्ष ओलम्पिक गेम्स स्थगित गर्ने आयोजक राष्ट्र जापानको प्रस्तावमा आईओसीका अध्यक्षले सहमती जनाएका छन् । ओलम्पिक स्थगित भएसंगै पारा ओलम्पिक समेत एक वर्ष पछाडी धकेलिने भएको छ । अर्को वर्षको लागि मिति भने तोकिएको छैन । टोकियो ओलम्पिक जुलाई २४ देखि अगष्ट ९ सम्म हुने तालिका थियो ।

 

मंगलबार ब्रिटिस ओलम्पिक एसोसियसनले यस बिषयमा छलफल गरिरहेको समय जापानी प्रधानमन्त्री र आईओसी अध्यक्षबीच सहमती बनेको हो । ब्रिटिस ओलम्पिक कमिटिका अध्यक्ष ह्युग रोबर्टसनले टोकियो ओलम्पिकमा खेलाडी पठाउन असमर्थ रहेको बताएका थिए ।

 

क्यानडा र अष्ट्रेलियाले यसअघिनै टोकियो ओलम्पिकको निर्धारित मितिमा आफुहरु सहभागी नहुने प्रष्ट पारिसकेका थिए । एजेन्सी 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार