• बुधबार १-२६-२०८१/Wednesday 05-08-2024
बिश्व

भारतमा भएको बस दुर्घटनामा ६ नेपाली तीर्थयात्रीको मृत्यु

बैंगलोर । भारतको बैंगलोरमा भएको एक सडक दुर्घटनामा ६ जना नेपाली तीर्थयात्रुले ज्यान गुमाएका छन् । तामिलनाडुको सलेम जिल्लामा ओमनी बसले मिनिबसलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

 

मृतको सनाखत हुन सकेको छैन । दुर्घटना भएको बसमा ३४ जना नेपाली रहेको बताइएको छ। घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको छ।  उनीहरू नेपालको सुनसरीबाट २३ माघमा ३५ दिनको लागि तीर्थयात्रामा निस्किएका थिए ।

 

मृत्यु हुनेहरु ४६ वर्षका वीरबहादुर राई, ५३ वर्षका गोपाल तामाङ, ५० वर्षका टिकाराम, ५० वर्षकी बोधिनी, ५० वर्षकी बुल्कारी चौधरी र ५५ वर्षका विष्णु थंगाल रहेको भारतीय सञ्चार माध्यमले जनाएको छ । मृत्यु हुनेमा ४ पुरुष २ महिला रहेका जनाइएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार