• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
रंगमञ्च

दशबर्ष पछि फेरी नाटक ‘सेतो कपाल’

काठमाडौं । दशबर्ष अघि बिपिन कार्की, कमलमणी नेपाल, भोला सापकोटा, राजकुमार पुडासैनी, पशुपति राई, सरस्वती चौधरी आदीको अभिनय रहेको नाटक ‘सेतो कपाल’ को फेरी अहिले मञ्चन शुरु भएको छ । 

 

डार्क कमेडी विधाको नाटकमा आर्थिक दृष्टिले अत्यन्तै जोखिमपूर्ण नाट्यकर्मलाई आफ्नो जीवनको सर्वाधिक उपलब्धि ठानी त्यसैभित्र रमाउन अभ्यस्त एक नाटककारको परिस्थितीलाई देखाइएको छ । बिजय बिष्फोटको लेखन तथा निर्देशन रहेको नाटकमा रंग सारथी र शैली थिएटरको सयुक्त प्रस्तुति रहेको छ । 

 

नाटकमा शेर शाही, निमा पाण्डे, सुदिन लुइँटेल, रविन तामाङ, करिश्मा केसी, सुरेन्द्र क्षेत्री, ज्योती राई, बालकृष्ण रिजाल, कुमार जोशी, रिया चौधरी, मीरा केसी, नोरचेन लामा लगायतले अभिनय गरेका छन् । नाटक फागुन १७ गते सम्म काठमाडौंको रातोपुलस्थित शैली थिएटरमा मञ्चन हुनेछ  । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार