• शुक्रबार १-२८-२०८१/Friday 05-10-2024
फेशन

नायिका ऋचा शर्माको मेकओभर

काठमाडौं ।  ऋचा शर्मा नेपाली चलचित्र क्षेत्रमा आफुलाई जस्तो रुपमा पनि ढाल्न सक्ने प्रतिभावान नायिका हुन् ।

 

उनी प्रौढ महिला देखि १४ वर्षीय किशोरीको रुपमा समेत पर्दामा प्रस्तुत हुन र सम्बन्धित चरित्रलाई हुबहुसँग निर्वाह गर्ने कलाकार हुन् । कान्तिपुर टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटि शो ‘कमेडी च्याम्पियन’ मा यी नायिका सुरुदेखि नै निरन्तर निर्णायकको भूमिकामा छिन् । 

 

एउटा नायिकालाई फरक फरक लुक्समा प्रस्तुत गर्नुमा मेकअप आर्टिस्टको ठुलो हात हुन्छ । मेकअप आर्टिस्ट बिना कुनै पनि कलाकार अधुरा देखिन्छन् ।  

 

नायिका ऋचाको यो न्यु लुक्सको लागि मेकअप आर्टिस्ट ज्योती लिम्बुले मेकओभर गरेकी हुन् । उनी पहिलाको भन्दा पछिल्लो समय रियालिटि शोमा एकदमै सुन्दर एवं आकर्षक रुपमा प्रस्तुत हुन थालेकी छिन् ।  

 

प्रस्तुती : जयन सुब्बा मानन्धर 

 

मेकअप : ज्योती लिम्बु

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार