• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
फेशन

प्रज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

काठमाडौं । नेपाली युवा प्रज्वल ताम्राकारलाई १५औं मिस्टर इन्टरनेशनल २०२३ मिस्टर कन्जेनिलिटी विजेताका भएका छन् ।

 

सेप्टेम्बर ८ देखि १७ सम्म थाइल्याण्डको बैंककमा आयोजित १५औं मिस्टर इन्टरनेशनल २०२३ मा नेपालको प्रतिनिधिको रूपमा प्रतिस्पर्धा गरि नेपाली युवा प्रज्वल ताम्राकारलाई मिस्टर कन्जेनिलिटी अवार्ड प्रदान गरिएको हो ।

 

३६ देशबाट सहभागि भएको उक्त प्रतिष्पर्धामा नेपालको तर्फबाट प्रज्वल ताम्राकार सहभागि भएका थिए । प्रतियोगितामा उनले प्रारम्भिक चरणमा ‘लाखे’ लाई राष्ट्रिय पोशाकको रुपमा प्रस्तुत गरेका थिए ।

 

सहभागि प्रतिष्पर्धी उम्मेद्वारहरूमध्ये सबैभन्दा मिलनसार, आकर्षक व्यक्तित्व र महत्वाकांक्षी उम्मेदवार रहेको भन्दै ताम्राकारलाई मिस्टर कन्जेनिलिटी अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार