मोडलसँगै गरे सेलिब्रेटीेले क्याटवाक

काठमाडौँ । करिब एकदर्जन चर्चित सेलिब्रेटी र ३१ जना ब्यवसायी मोडल एउटै र्याम्पमा प्रस्तुत भएका छन् । दरबारमार्ग स्थित होटल याक एण्ड यतिमा एक भब्य सजावट सहित आयोजित फेसन शो जोय ‘आइइसी डिजाइनर रनवे’को र्याम्पमा सेलिब्रेटी र मोडलले एकसाथ फेसनका नविनत डिजाइनहरु प्रदर्शन गरेका हुन् । दर्शकले भरिभराउ शोमा आइसी कलेजका २०२२ ब्याजका १०२ जना विद्यार्थी डिजाइनरहरुले तयार पारेका फरक फरक पहिरनका डिजाइनहरु २५ सिक्वेलमा मोडलले प्रस्तुत गरे।
सेलिब्रेटी भने शो टपरको रुपमा र्याम्पमा देखिएका थिए । १४औँ संस्करणको जोय ‘आइइसी डिजाइनर रनवे’मा सेलिब्रेटी तर्फ स्वस्तिमा खड्का, प्रियंका कार्की, नीति शाह,सृष्टि श्रेष्ठ,आना शर्मा, नम्रता श्रेष्ठ, मिस नेपाल प्रतियोगीता प्रियंका रानी जोशी, मिस्टर नेपाल समर्पण जङ्ग कार्की, मोडल सविता कार्की, सोफिया भुजेल, आस्था पोखरेल लगायत र्याम्पमा देखिएका थिए । मोडलमा अहिलेका चर्चित महिला तथा पुरुष मोडल सहभागी रहेका थिए ।
भारतको चर्चित अन्तर्राष्ट्रिय कोरियोग्राफर यतिन नरेन्द्र गान्धीको समेतको सहभागिता रहेको शोको म्यानेजमेन्ट जिम्मेवारी नेक्स्ट मोडल्स नेपालले गरेको हो । शो नेपालमा आयोजना हुने अन्य फेसन शो भन्दा भब्य रहेको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए । ‘आइइसी डिजाइनर रनवे’को मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरूले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु रहेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले बताइन् ।
बिगतका बर्षमा एक दिन आयोजना हुँदै आएको यो फेसन शो यसबर्ष अझै बृहत र भब्य रुपमा आयोजना गरिएको उनको भनाई छ । अर्काे बर्ष सन् २०२३ का बिद्यार्थी डिजाइनरका फेसन शो हुने उनले जानकारी दिइन् ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस