• शुक्रबार २-१-२०८३/Friday 05-15-2026
फेशन

‘मिस इन्टरकन्टिनेन्टल’को टप टेनमा डा.आयुष्नोभा

काठमाडौँ । इजिप्टमा आयोजना भैरहेको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिस इन्टरकन्टिनेन्टल’मा नेपाल भोटिङ राउण्डको टपटेन भित्र पर्न सफल भएको छ । प्रतियोगीतामा नेपालको प्रतिनिधित्व डा. आयुष्नोभा ढुङ्गानाले गरिरहेकी छन् ।

 

भोटिङ राउण्डमा टप हुनेले फाइनलमा सिधै टप फाइवमा प्रवेश पाउनेछन् । प्रतियोगीतामा ढुङ्गानाले लगाएको नेसनल कस्ट्युमले पनि चर्चा पाइरहेको छ । उनले नेसनल कस्ट्युमको रुपमा राष्ट्रिय फूल लालीगुराँसको गाउनमा शान्तिको प्रतीक परेवाको फ्युजन राखेर तयार पारेकी थिइन् ।


प्रतियोगीताको फाइनल ६ डिसेम्बर अर्थात भोली शुक्रबार हुँदैछ । प्रतियोगीतामा ५५ देशका प्रतिनिधि सहभागी छन् । डा. ढुङ्गानाले नेपालमा आयोजित ‘मिस इन्टरकन्टिनेन्टल नेपाल’कोशिर्ष उपाधि जितेपछि प्रतियोगीतामा सहभाग अवसर प्राप्त गरेकी हुन् । ढुङ्गानाले कलाकारिता र डाक्टर पेसा समेत एकसाथ अगाडि बढाइरहेकी छन् ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार