• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
फोटो

नभेषको तस्वीर ‘फोटो अफ द इयर’ घोषित

काठमाडौं । फोटो पत्रकार क्लवको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको आइएमई–ग्लोबल–आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७६ को उपाधि नभेष चित्रकारले जितेका छन् ।

 

हाइड्रोसेफालुस रोगका कारण अकालमै मृत्युवरण गरेका बरियारपुर रौतहटका दुई वर्षिय बालक बजरंगी मिश्रले आफ्नो आमालाइ मृत्यु पहिले हात हल्लाउँदै गरेको फोटो यो वर्षको आइएमई–ग्लोबल–आइएमई बैंक फोटो अफ द इयर घोषित भएको छ । 

 

फोटो पत्रकार क्लबको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको प्रतियोगिताअन्तर्गत सिटीएक्सप्रेस कल्चर एन्ड टुरिज्मतर्फ सुवीर थापा प्रथम, प्रमिन मानन्धर द्वितीय र रोबिक उपाध्याय तृतीय, सेलपे डेली लाइफतर्फ गोपेन राई प्रथम, रोबिक उपाध्याय द्वितीय र सुरज ताम्राकार तृतीय, इक्पेरिअन्स नेपाल नेचर एन्ड वाइल्ड लाइफतर्फ नभेष चित्रकार प्रथम, दीपेन श्रेष्ठ द्वितीय र दीपक बुढाथोकी तृतीय भए । त्यस्तै, शिखर इन्स्योरेन्स नेपाल स्माइल्सतर्फ सुरज श्रेष्ठ प्रथम, सुलभ भक्त श्रेष्ठ द्वितीय र नभेष चित्रकार तृतीय, अर्घाखाँची सिमेन्ट न्युजतर्फ दीपेन श्रेष्ठ प्रथम, एलिट जोशी द्वितीय र केशव थापा तृतीय, डिसहोम स्पोर्टसतर्फ विकास द्वारे प्रथम, सुनिता डंगोल द्वितीय र दिनेस गोले तृतीय तथा नेप्टोस फोटो स्टोरीतर्फ नभेष चित्रकार प्रथम, रोबिक उपाध्याय द्वितीय र चन्द्रबहादुर आले तृतीय भए । 

 

प्रत्येक विधाको प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ३०, २० र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । प्रतियोगिताका लागि ६ हजार दुई सय २५ फोटो आएको क्लबका अध्यक्ष विकास कार्कीले बताए । विजेताहरूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार, आइएमई ग्रुपका निर्देशक हेमराज ढकालले ट्रफी, प्रमाणपत्र तथा पुरस्कार प्रदान गरेका थिए ।

 

प्रतियोगितामा छानिएको उत्कृष्ट एक सय ७६ फोटोहरूको प्रदर्शनीे काठमाडौंमा यही फागुन १८ देखि २३ गतेसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा र काठमाडौं बाहिर विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा गरिनेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार